राजनीति

प्रचण्ड भारत जानुअघिनै सरकारको यस्तो छ भित्री तयारी

काठमाडौं । सरकारले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणअगाडि नै संविधान संशोधन प्रस्ताव दर्ताको गृहकार्य अघि बढाएको छ ।

दलीय सहमति नजुटेपनि संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा लैजाने तयारी सरकारले गरेको हो ।

प्रमुख प्रतिपक्ष एमाले नेतृत्वको विपक्षी गठबन्धनसँग सरकारले अहिलेसम्म संविधान संशोधनको विषयमा छलफल गरिसकेको छैन ।

एमाले अध्यष केपी ओली विदेशमा रहेको कारण छलफल नगरको सरकारको भनाइ छ ।

संविधान संशोधन विधेयक निर्माण र सहमतिका लागि दलीय छलफल एकसाथ अघि बढाउने गृहकार्य सरकरले थालेको जनाइएको छ ।

प्रधानमन्त्री काराजनीतिक सल्लाहकार चक्रपाणि खनालले भने प्धानमन्त्री दाहालको भारत भ्रमणअघि नै संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन प्रमुख तीन दलबीच छलफल चलिरहेको दाबी गरेको भन्दै आइतबारको राजधानी दैनिकमा खबर छ ।