काठमाण्डौ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली सोमबार स्वदेश फर्किदै छन् । अध्यक्ष ओली आफ्नो स्वास्थ्य उपचारका लागि गत भदौ ९ गते थाइल्यान्ड गएका थिए ।
नियमित स्वास्थ्य उपचारका लागि थाइल्याण्ड गइरहने ओली प्रधानमन्त्री भएपश्चात उपचारका लागि गएका थिएनन् । एक महिनाअघि प्रधानमन्त्रीबाट हटे लगत्तै उनी उपचारका लागि त्यसतर्फ लागेका थिए ।