पु.समाचार

फरार ७ जना अभियुक्तहरु पक्राउ

काठमाण्डौ । दसभन्दा बढीको शृंखलाबद्ध हत्याका आरोपितलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ।

शृंखलाबद्ध हत्याका आरोपित मधुवनी लौकाहा बगमरिया घर भई सप्तरीको सारस्वर-७ बस्दै आएका मोहम्मद र रईस मियाँलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार फरार रहेका उनी लुकीछिपी वैदेशिक रोजगारीमा जाने तयारीमा थिए। बलात्कार पछि हत्या गरी गाडिएको अवस्थामा सप्तरीको टिकुलिया नौ घर भइ पटेर्वा(१ बस्ने सगिरा खातुनको कंगाल प्रहरीले कल्याणपुर(३ भदैराबाट २०७२ असार ४ गते फेला पारेको थियो ।
सोही स्थानको १५ मिटरको दूरीमा यसअघि २०७२ जेठ ६ गते सप्तरी प्रहरीले उनका ससुरा सबुद मियाँको शव उत्खनन् गरी निकालेको थियो ।
सप्तरीमा चार र सुनसरीमा एकै परिवारका तीन जनाको हत्या गरेको अभियोगमा ‘सिरियल किलर’ मियाँलाई प्रहरीले पक्राउ गरेको हो।
विशेष सुराकीका आधारमा खटिएको सप्तरी प्रहरीको टोलीले रईसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरेको हो ।
रईससँग मिलेर हत्याका घटनामा संलग्न हुँदै आएका सकिल भने हाल साउदी अरेबियामा रहेको प्रहरीले जनाएको छ। उनलाई पनि पक्राउ गर्न प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

एसपी ढकालका अनुसार २०६९ साल आसोज १० मा रईसले सप्तरीको कल्याणपुरका कोइली खातुक र उनका श्रीमान् सहबुत मियाँको हत्याको आरोप छ। यस्तै सप्तरीकै जन्डोलमा २०७० मंसिर ६ मा तुलरीदेबी शाह र २०७० साल चैत १ मा त्रिकोलकी निर्मलादेबी शाहको हत्या गरेको रईसमाथि आरोप छ।

रईसले सबैको हत्या आर्थिक प्रलोभनमै परेर गरेको परारम्भीक अनुसन्धानबाट खुलेको एसपी ढकालले जानकारी दिए। उनीहरु सबैको हत्या गरी खल्डो खनेर गाँडेको शब उत्खनन गरी डीएनए परीक्षणपछि मात्रै मानिसको पहिचान भएको थियो ।

मृतकको हड्डी परीक्षणपछि पहिचान खुलेसँगै रईसमाथि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। रईसमाथि कर्तव्य ज्यान मुद्दा अदालतमा दायर गरिएको एसपी ढकालले जानकारी दिए भन्दै मंगलबारको अन्नपूर्ण पोष्टमा समाचार लेखिएको छ ।