पु.समाचार

मंगलबार ऋषि पञ्चमी पर्व मनाइदै

काठमाण्डौ । मंगलबार हिन्दु नारीहरुले ऋषि पञ्चमी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व वैदिक सनातन हिन्दु धर्माबलम्बी नारीहरुले सप्तषिर्को पूजा गरी मनाउने गर्दछन् ।

यो पर्वमा बिहानै उठेर नारीहरू नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्छन् । रजस्वलाका समयमा छाइछुईलगायत कुनै त्रुटि भएको भए आजको दिन अरुन्धतीसहित सप्तषिर्को पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रहृमघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ । यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय वचन रहेको ज्योतिषहरुले बताउने गरेका छन् ।