पु.समाचार

त्रिशुलीमा हराइरहेका पूर्वगृहमन्त्री घिमिरेको परिवार सरकारसँग रुष्ट

काठमाण्डौ । गत आइतबार दिउँसो त्रिशूली नदीमा जिप दुर्घटनामा परेर हराइरहेका पूर्वगृह मन्त्री माधव घिमिरेको परिवारले शुक्रबार साँझ कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन्। घिमिरे दाजुभाइको पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्दा उनका आफन्त तथा आर्यघाटमा उपस्थित जनसमुदाय भावविभोर बनेका थिए।  तीन दाजुभाइको लहरै चिता बनाई कुसको मानवकृति बनाएर उनीहरूको बिदाइ गरिएको थियो ।
कुसल स्रशासक तथा कुशल शासकका रूपमा चिनिएका घिमिरे मुस्ताङको कागबेनीमा सोह्रश्राद्ध गरी काठमाडौं फर्कने क्रममा चितवनको दारे चोक गाविसको घोप्टेभीरमा उनले चलाइरहेको जिप दुर्घटनामा परेको थियो।

उनीसहित तीनै दाजुभाइ अझै बेपत्ता छन्। शुक्रबार दिउँसो उनीसँगै दुर्घटनामा परेकी आमाको अन्त्येष्टि गरेपछि तीन भाइको एकै पटक अन्त्येष्टि गरिएको थियो।

उनले राष्ट्रलाई पुर्या एको योगदानलाई राज्यले कदर गर्न नसकेको भन्दै आर्यघाटमा उपस्थित आफन्त र सर्वसाधारणले टिप्पणी गरेका थिए। उनको खोजीमा सरकारले खासै चासो नदिएको भन्दै आफन्तले उपप्रधान तथा गृहमन्त्री विमिलेन्द्र निधिको आलोचना गरेका थिए।

सरकारको रवैयाप्रति परिवारजनले समेत असन्तुष्टी जनाएका थिए। बनस्थलीस्थित घरमा सान्तवना दिन पुगेका गृहमन्त्री निधिलाई परिवारजनले खोजीकार्य प्रभावकारी नभएको भन्दै असन्तुष्टी पोखेका थिए। गृहमन्त्रीले चित्तबुझ्दो जवाफ नदिएको परिवारले आरोप लगाएका छन् भन्दै शनिबारको नेपाल समाचार पत्रमा समाचार लेखिएको छ ।