खेलकुद

इंग्लिस प्रिमियर लिगमा चेल्सीको जित

एजेन्सी– शनिबार राती भएको इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले हल सिटीलाई हराएको छ । चेल्सीले हल सिटीलाई २–०ले हराएको हो । चेल्सी र हलसिटी बीच भएको सो प्रतिस्पर्धामा चेल्सीको तर्फबाट डिएगो कोस्टा र विलियनको गोलबाट चेल्सीले जित हाँसलि गर्न सफल भयो । उनीहरुले एक एक गोल गरेका थिए ।

६१ औं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएपछि विजय सुनिश्चित भएको थियो । पहिलो हाफमा गोलरहित बराबरी भए लगत्तै विलियनले दिलाएको अग्रतासँगै कोस्टाले गोल गर्न सफल भएका थिए ।

त्यसपछि ६ मिनेटभित्र भएको २ गोलनै चेल्सीको जितमा निर्णायक बन्न सफल भएको थियो । जितपछि छैटौ स्थानमा उक्लिएको चेल्सीको सात खेलबाट १३ अंक प्राप्त भएको छ भने ७ खेलबाट ७ अंक जोडेको हल सिटी १५ औं स्थानमा रहेको छ ।