पु.समाचार

आइतबार अन्तर्राष्ट्रिय अहिंसा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदै

काठमाण्डौ । आइतबार विश्वभर अन्तर्राष्ट्रिय अहिंसा दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइदैछ ।

भारतीय स्वन्त्रता संग्रामका नायक स्व.महात्मा गान्धीको जन्मजयन्तीका अवसर पारेर संयुक्त राष्ट्रसंघले यो दिवस सन् २००७ देखि मनाउन थालेको थियो ।

अक्टोबर २ को अवसर पारेर अहिले संसारका १ सय ९३ राष्ट्रले यो दिवस मनाउन सुरु गरेका छन् । नेपालले पनि यो दिवस सन् २००८ देखि मनाउन सुरु गरेको थियो ।