पु.समाचार

रामचन्द्र पौडेलले लगाए शेरबहादुरलाई कडा आरोप

काडमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले कोठमा बसेर पार्टी सञ्चालन गरेको आरोप लगाएका छन् ।पटक–पटक बैठक राख्न आग्रह गरे पनि सभापति देउवाले नडाकेको नेता पौडेलको भनाइ छ ।

‘संविधान संशोधन, स्थानीय तहदेखि थुप्रै समस्या समाधानका लागि बैठक डाकौँ र छलफल गरी धारणा बनाउन निरन्तर माग गर्दै आएका छौँ,’ नेता पौडेलले भने, ‘हामीले खोजेको विधि, प्रक्रिया, पद्धति र समझदारी हो, त्योअनुसार जानुपर्छ भन्ने हो । तर, सभापतिले बैठक डाक्न आनाकानी गरी कोठाबाटै पार्टी चलाउनुभएको छ ।’
दुई महिनाभित्र मनोनीत गर्नुपर्ने पदाधिकारी, केन्द्रीय समितिको पूर्णता, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठन पनि सभापतिले गर्न नसकेको पौडेलको भनाइ छ ।
मन्त्री छान्दा पनि केन्द्रीय समितिले छलफल गरी संसदीय बोर्डले टुंगो लगाउनुपर्ने भए पनि त्यो हुन नसकेको आरोप उनले लगाए भन्दै मंगलबारको नयाँ पत्रिकामा समाचार लेखिएको छ ।