विचार/ब्लग

दशैं निजामती कर्मचारीकालागी मालामाल, मध्यमबर्गीय, संचारकर्मी र सुरक्षाकर्मीका लागी कम महत्वपुर्ण

सुर्यखबर बिश्लेषण
काठ्माण्डौ । हिन्दुहरुको माहान चाड बडादशैँ मनाउन राजधानी काठ्माण्डौबाट बाहिर जाने मानिसहरुको सँख्या सरकारले ५ लाख बताएको छ । दशमी सम्ममा सरकारले बताएको आँकडाभन्दा तेब्बर नै उपत्यका बाहिरिने निश्चित छ । राजधानीका सडकहरु खाली हुन थालेका छन् । सरकारी तथा उद्योगधन्दा, प्राईभेट, कर्पोरेट कार्यालयको कामहरु घटस्थापनाबाट प्रभाबित हुन थालिसकेका छन् ।

एक महिना अगाडी नै टिकट बुकिङ गर्नुपर्ने यातायात ब्यावसायीको नियम पालना नगरेका कतीपय यात्रुहरु सीट नपाएर कतीपय कष्टकरु यात्रा गर्न बाध्य छन् भने कतीपय प्लेनको टिकट र बसको सीट नपाएका कारण राजधानीमै बस्न बाध्य भएको बताउछ्न् ।

संचारकर्मीहरुका लागी भने दशैं दशा जस्तै हुन्छ, टेलिभिजनका समाचारबाचकहरु लगायतका संचारकर्मी बिदा नपाएका कारण दशैं राम्ररी मनाउन पाउदैनन् । नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी ल गायतका सरकारी जागीरेहरुका लागी पनि दशैंमा छुट्टि नमिलेका कारण चाडबाट खासै महत्व हुँदैन ।

यी जे जस्ता कारणले नेपालीहरुलाई दशैं मनाउन कष्ट भएपनि दशैमा तास खेल्ने, अल्कोहलमा रमाउने माछाममासुमा रमाउने, आफन्तकोमा घुमघाममा ब्यक्तीहरुको पनि भीड नभएको होईन । निजामती कर्मचारीहरु, बैंकका कर्मचारीहरु, स्स्थानका कर्मचारीहरु, न्यायालयका कर्मचारीहरुलाई भने मनग्ने दशैं बोनस र लामो छुट्टीका कारण दशैं रमाईलो लाग्नु स्वभाबिकै भएको छ ।

आर्थिक पमा बिपन्न बर्गहरुले कतीपय नेपालीहरुले हिन्दुहरुको प्रमुख महत्वपूर्ण चाड बडा दशैंलाई दशाको रुपमा पनि लिने गरेको पाईन्छ भने कतीपयले घाँटीहेरी हाड निल्नु भन्ने परम्परालाई आत्मासाथ गर्न जानेका कारण सहज रुपमा पनि लिने गरेका छन् ।

मुलुकमा बढ्दो महंगी र देखासिखी गर्ने परम्पराका कारण दशैं एउटा दृष्टीकोणले हेर्नेहो भने बिकृतीको चाडको रुपमा समेत बिकास भएको छ ।