समाचार

पटका फेला परे तिहारसम्मै हिरासतमा राखिने

काठमाडौं । तराईका जिल्लाबातट राजधानी भित्रिने यात्रुवाहक बसहरु कडा निगरानीमा परेका छन् ।दशैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरी काठमाडौं उपत्यकामा पटका तथा विस्फोटक पदार्थ भित्र्याउन लागेको सूचनालाई मध्यनजर गरी प्रहरीले उपत्यका भित्रिने यात्रुवाहक तथा निजी सवारीसाधनमाथि कडा निगरानी सुरु गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक बिक्रमसिंह थापाले पटका फेला परे तिहारसम्मै हिरासतमा राखिने जानकारी दिएका छन् ।

एसएसपी थापाका अनुसार पटका लिएर राजधानी भित्रिने जोसुकै भए पनि उनीहरुको तिहार प्रहरी हिरासतमै वित्नेछ भन्दै आइतबारको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।