समाचार

बन्द हुँदै भुटानी शरणार्थी शिविर

काठमाण्डौ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्च आयोग युएनएचसिआरले २०७६ देखि नेपालमा रहेका भुटानी शरणार्थी शिविर बन्द गर्ने भएको छ । तर भुटान सरकारले नेपालमा रहेका करिव १५ हजार शरणार्थी फिर्ता लिन इन्कार गरेको छ ।

युएनएचसिआरले भुटानी शरणार्थीलाई ४७ सालदेखि सहयोग गर्दै आएको छ । तर अबका ३ वर्षपछि सहयोग गर्न नसक्ने उसले जनाएको छ । यही वर्षको अन्तिमदेखि अमेरिकासहितका मुलुकले शरणार्थी तेस्रो देश पुनस्र्थापना नगर्ने भनेका छन् भन्दै मंगलबारको नयाँ पत्रिकामा समाचार प्रकाशित छ ।