आर्थिक

पचासी प्रतिशत पुग्यो बाणिज्य बैंकहरुको मुनाफा

काठमाण्डौ । तीन वर्षमा वाणिज्य बैंकहरुको खुद मुनाफा औसत ८५ प्रतिशतले बढेको छ । अस्थिर राजनीतिक अवस्था र लगानीमैत्री वातावरण अभावका बाबजुद उक्त अवधिमा बैंकहरुको मुनाफा उच्च दरले बढेको हो ।

०७० असारमा १९ अर्ब ७९ करोड रुपैयाँ रहेको वाणिज्य बैंकहरुको खुद मुनाफा ०७३ मा ३६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।

यो ८५ प्रतिशतभन्दा केही बढीको वृद्धि हो । उक्त वृद्धिलाई वार्षिक रुपमा रुपान्तरण गर्दा ९कम्पाउन्ड एनुअल ग्रोथ रेट–सीएजीआर० २२ दशमलव ७ प्रतिशत हुन आउँछ भन्दै मंगलबारको कान्तिपुरमा समाचार प्रकाशित छ ।