विशेष

म्याद तामेलीमा अबरोध पुर्याउनु न्यायालयमाथी लोकमानको धावा :  अधिकारी

सुर्यखबर सँबाददाता,

काठ्माण्डौ । सर्बोच्च अदालतले म्याद तामेलीका लागी पुराचनो बानेस्वस्थित अख्तियार प्रमुख लोकमानसिँह कार्कीको घरमा टाँस्न पठाउदा अबरोध पुर्याउने लोकमानसिँह कार्कीका ज्वाईँ प्रबल थापा, कार्कीका नातेदार समेत रहेका पुर्ब सचिब प्रमोद कार्की लगायत रहेको सार्बजनिक भइसकेको छ ।
क्यानडामा एकमहिनादेखि घुमघाममा ब्यस्त रहेका अख्तियार प्रमुख लोकमानसिँह कार्कीको मंगलबार सँसदमा बिरोध भएको छ । नेपाली काँग्रेसका साँसद राधेश्याम अधिकारीले ‘अदालतको आदेशको खुलामखुला अवज्ञा भएको छ, कानुनी राज्यको उपहार भएको छ ।’अदालत जुन चौवाटोमा उभिएर सही बाटोमा हिड्न प्रयत्नरत छ, त्यतीबेला टेवा दिने कि नदिने ? भनेर साँसदलाई प्रश्न गरेका छन् । बरिष्ठा अधिवक्ता समेत रहेका अधिकारीले सभामुखसँग यसको जवाफ समेत मागेका छन् । यसबाट लोकमानसिँह कार्कीको बिषयलाई लिएर बहस शुर भएको छ ।

लोकमानसिँह कार्की कुन लोकका यमराज हुन्  ? – साँसद चौधरी

थारुहट पार्टीकी साँसद गंगा चौधरीले त लोकमान कुन लोकको यमराज हुन् र उनले सर्बोच्च अदालतलाई समेत धावा बोलिरहेका छन् ?प्रतितप्रश्न गर्दै लोकतन्त्रका ठेकेदारहरुलाई लज्जास्पद हुनुपर्ने बिचार राखेकी छिन् ।
एमाले साँसद रेवती भण्डारील सबोच्च अदालतबाट म्याद तामेलीका लागी गएका कर्मचारीहरुलाई गुण्डागर्दी शैलीमा टाँस्न नदिन सादा पोसाकमा प्रहरी समेत पचिालित छन् भनिनु गृहमन्त्रीले जवाफ दिनुपर्ने माग समेत राखेका छन् ।