पु.समाचार

लोकमानसिँह कार्कीलाई हटाउन समिति गठन, कार्की कहा छन् सांसद अन्यौलमा

तुलसा खनाल

काठ्माण्डौ । सांसदको बुधबारको बैठकले अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्कीलाई महाअभियोग लगाउने वा नलगाउने बिषय टुँगो लगाउनका लागि ११ सदस्यिय समिति गठन गरेको छ ।

नेपाली कांग्रेसबाट सांसदहरु ज्ञानेन्द्र कार्की, फरमुल्लाह मन्सुर, दिपक कुँइकेल, कुमारी लक्ष्मी राई र नेकपा एमालेबाट केशव बडाल, सुशीला नेपाल, पार्वत गुरुङ र रेवतीरमण भण्डारी, त्यसैगरी मा‌‍ओवादी केन्द्रबाट अमनलाल मोदी, रामनारायण बिडारी र राप्रपा नेपालबाट प्रमुख सचेतक दीलनाथ गिरी सदस्यहरु रहेको महाअभियोग सिफारिस समिति गठन गरिएको छ ।

गगन थापा प्रस्तावक तथा धनराज गुरुङ र श्याम श्रेष्ठ समर्थक भएर जरुरी महत्वको प्रस्ताव दर्ता भई छलफलको चरणमा नै थियो । तीन साँसदहरुले डा.गोबिन्द केसीले लोकमानसिँह कार्कीलाई महाअभियोग लगाउन गरेको मागमा प्रस्ताबको रुपमा दर्ता गराएका थिए ।

कार्कीको योग्यताका बिषयमा सर्बोच्च अदालतले समेत म्याद तामेलीका लागी आग्रह गर्दा कार्की सर्बोच्च अदालतमा उपस्थीत भएका छैनन् । म्याद तामेलीका लागी लोकमानसिँह कार्कीको पुरानो बानेस्वरस्थीत घरमा सबोच्च अदालतका तामेलेदारहरु जाँदा कार्कीका आफन्तहरुले अबरोध समेत श्रृजना गरेका थिए । यसै बिषयलाई लिएर काँग्रेस सभासद राधेश्याम अधिकारीले लोकमानसिँह कार्कीलाई महाअभियोग लगाउन मंगलबारको सँसदमा माग गरेका थिए । त्यही माग अनुसार बुधबार समिति गठन भएको छ ।

क्यानडा गएका भनिएका लोकमान कहाँ छन् भन्ने समेत अन्योल छ, समाचार माद्यमहरुमा कतै दुबैमा भएको बताइएको छ त कतै कतारमा त कतै क्यानडामा नै छन् भनिएको छ यस बिषयमा एमाले सभासद रेवतीरमण भण्डारीले सरकारसँग जवाफ समेत मागेका छन् ।