समाचार

लोकमानलाई महाअभियोगबाट हटाईने निश्चित, एमाले र माओबादीले प्रस्ताब दर्ता गराए

सुर्यखबर सँबाददाता, 

काठ्माण्डौ । अख्तियार दुरुपयोग अनुसँधान आयोगका प्रमुख आयुक्त लोकमानसिँह कार्कीलाई महाअभियोग लगाउन ब्यबस्थापीका सँसदमा महाअभियोग प्रस्ताब दर्ता भएको छ । नेकपा माओबादी केन्द्र र नेकपा एमालेका जम्मा १ सय ५७ साँसदको हस्ताक्षरमा लोकमानसिँह कार्कीका बिरुद्ध बिदेशमा रहेका अख्तियार प्रमुख कार्कीका बिरुद्ध माहाअभियोग प्रश्ताब दर्ता भएको छ ।

दसै अघि नै लामो बिदामा क्यानडा गएका लोकमान कसैले कतार त कसैले दुबईमा भएको पुष्टी गरेका छन् । बुधबार अख्तियार प्रवक्ताले केहिदिनमा नै लोकमान सिँह कार्की अख्तियारमा हाजिर हुने बताईरहेका बेला एमाले र माओबादी केनद्रका २५ प्रतिशत भन्दा बढी साँसदको प्रस्ताबमा महाअभियोग दर्ता गरिएको छ ।

बुधबार मात्र ११ सदस्यीयि महाअभियोग समिति गठन गरिएको समयमा लोकमानबिबाद अन्त्यको अर्को नयाँ चरणमा पेश भएको छ । बिहीबारको बैठकमा दुईतिहाईले महाअभियोग पास भएमा अख्तियार प्रमुख लोकमानसिँह कार्की पदमुक्त हुनेछन् ।

केहि दिन अगाडी लोकमानका ज्वाँई प्रबल थापा, दाजुभाई नाता पर्ने पुर्ब सचिब प्रमोद कार्कीको एक समूह सर्बोच्च अदालतमा म्याद लामेलीमा प्रभाब पार्न बल प्रयोग गर्न सकृय भएको थियो ।