विशेष

एकै दिन काठमाण्डौमा देखिएका दुई रोमाञ्चक परिदृष्य…!

काठमाण्डौ । बिहीबार काठमाण्डौमा झण्डै–झण्डै एउटै विश्वदृष्टिकोण लिएर अघि बढेका दुई संगठनका भव्य कार्यक्रमहरु उद्घाटन भए । काठमाण्डौको टुँडिखेलमा अन्तर्राष्ट्रिय आर्य सम्मेलनको उद्घाटन भयो भने वनकालीमा विश्व हिन्दु महासंघको अन्तर्राष्ट्रिय समितिद्धारा आयोजित विराट हिन्दु सम्मेलनको उद्घाटन भयो । रोमाञ्चक विषय त के छ भने यी दुई सम्मेलनको उद्घाटनमा पूर्वराजा र वर्तमान राष्ट्रपति सहभागी भए र ती कार्यक्रमहरु उद्घाटन भए । त्यो पनि एउटै समयमा ।

आर्य सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् भने विश्व हिन्दु महासंघले आयोजना गरेको सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गरे । पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेको कार्यक्रमको उद्धेश्य राजनीतिक अभियानसँग समेत जोडिएको आशंका गरिदैछ भने राष्ट्रपति भण्डारीले उद्घाटन गरेको कार्यक्रम विशुद्ध आर्य जाति र उनीहरुको हितमा केन्द्रीत रहेर आयोजना गरेको देखिन्छ ।

tundikhel

दुई छुट्टा–छुट्टै विश्वदृष्टिकोण लिएर राज्य सञ्चालन गरिरहेका र राज्य सञ्चालन गरिसकेका यी दुई व्यक्तित्वको उद्धेश्य भने एउटै दर्शन लिएर अघि बढ्ने यी दुई संगठनमा जोडिएको देखियो । यसले समग्र नेपालीहरुको प्रतिनिधित्व त गर्छनै तर यी दुई विपरित धारमा हिडेका व्यक्तित्वहरुचाहि कहिले एक होलान् र नयाँ नेपालले अग्रगति लेला भन्ने नेपालीहरुको संख्या पनि निकै धेरै छ ।

टुँडिखेलबाट वनकाली धेरै टाढा छैन । उद्घाटन भएका यी कार्यक्रमहरु र संगठनहरुका दर्शन पनि जोडिएका छन् । यी कार्यक्रमहरु अहिले पनि जारी छन् । तर पूर्वराजा ज्ञानेन्द्रले नयाँ नेपालको नयाँ नेतृत्वले राम्रोसँग राज्य सञ्चालन गर्न नसकेको आरोप लगाएर आफुहरुलाई समेत निषेध गरेको आरोप लगाए । यो निषेधले खतरनाक विद्रोह समेत निम्तिन सक्ने उनको भनाई थियो । तर वर्तमान राष्ट्रपति भण्डारीको राजनतिक पृष्ठभूमी हेर्दा विद्रोहकै पृष्ठभूमी हो ।  उनले भने उद्घाटनका बेला कडा शब्द समेत प्रयोग गरिनन् । यद्यपि, उनलाई आप्mनो जिम्मेवारीले समेत त्यो आदेश दिन सक्दैनथ्यो । तर यी दुई व्यक्तित्वको बिहीबारको कार्यक्रममा देखिएको सहभागिताले भने रोमाञ्चकता थपिएको देखिन्थ्यो ।

bankali

आजभन्दा २ दशकअघि राष्ट्रपति भण्डारीका पति अर्थात नेकपा एमालेका तत्कालीन महासचिव स्व.मदन भण्डारीले खुल्लामञ्चबाट दरबारविरुद्ध सिधा हुँकार छेड्दा दरबारमा बहसहरु उठान हुन्थे । तर आज समय फेरिएको छ । उनै स्व.भण्डारीकी पत्नी यो देशको राष्ट्रपति छिन् र दरबारबाट राज्य सञ्चालन गर्ने राजाहरु सडकमा पुगेका छन् ।

बिहीबारको यी दुई कार्यक्रमहले भिन्न प्रकृतिका दुई युगको प्रतिनिधित्व गरेको देख्न्थ्यिो । सायद यो काठमाण्डौका लागि अनौठो संयोग पनि हुनसक्छ । यस्ता दिन एउटै युगमा विरलै आउने गर्छन् ।