पु.समाचार

एमाले र माओबादीले लोकमानको नाउमा राजनीति गरेर मुलुक बर्बाद गर्न खोजे – डा. कोईराला

सुर्यखबर सँबाददाता,
पाल्पा । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले लोकमानसिंह कार्की प्रकरणलाई अगाडी सारेर संबिधान कार्यान्वयन ओझेलमा पार्न र मुलुकलाई जटिलतातर्फ धकेल्न एमाले–माओबादी लागीपरेको भन्दै यस बिषयमा काँग्रेसले निकै सोचविचार गरेर मात्रै निर्णय गर्नुपर्ने बताएका छन्।

उहाँले काँग्रेस बिधीको शासन र कानुनी राज्यमा बिस्वास गर्ने पार्टी भएको भन्नुहुदै मुलुकको अवस्था, अन्तराष्ट्रिय परिस्थिती र संबिधान कार्यान्वयनको बिषयलाई ध्यान दिदै यस बिषयमा हतारमा निर्णय गरिहाल्न नहुने समेत जानकारी गराएका छन्।

नियुक्तीकै समयमा आफूले लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमूख बनाउँन हुँदैन भनेर नेताहरू समक्ष पटक–पटक गरेको आग्रहको कुनै सुनुवाई नभएकै कारण अहिले जटिल परिस्थिती आएको बिचार ब्यक्त गरेका छन्।

नेपाली काँग्रेस पाल्पाले तानसेनमा गरेको अन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै डा. कोईरालाले राष्ट्रिय राजनितीमा मियो र अभिभावकको भूमिकामा उभिनुपर्ने काँग्रेस गुट र स्वार्थको राजनितीले पछाडी पारेको बताएका छन्।

डा. कोईरालाले स्थानिय निकाय पुनर्संरचना आयोगले हचूवाको भरमा ल्याएको गाउँपालिकाको संख्यामा कूनैपनी हालतमा सहमत हुन नसकिने प्रष्ट पारेका छन्। अंगिकृत नागरिकता लिएका ब्यक्ती देशको संबैधानिक र संबेदनशिल पदमा पूग्न नसक्ने पनि बताएका छन्।
काँग्रेस केन्द्रिय सदस्य आनन्द प्रसाद ढुंगानाले लोकमानसिंह कार्कीलाई बाहाना बनाएर मुलुकलाई बर्बादीतर्फ धकेल्न र एमाले–माओबादीले आफ्नो स्वार्थ पुरा गर्न लागेको भन्दै यस बिषयमा हतारमा पार्टीले कुनै निर्णय गर्न नहूने बताउँनुभयो। नेबिसंघका पुर्ब अध्यक्ष एवं सांसद रन्जित कर्णले पार्टी भित्रको गुटबन्दी चिर्न पार्टीभित्रका युवाहरूनै जागरूक हुनुपर्ने बिचार ब्यक्त गरेका छन्।
कार्यक्रममा काँग्रेस पुर्ब केन्द्रिय सदस्य राजन पन्त, शिक्षक संघका पुर्ब केन्द्रिय अध्यक्ष मोहन ज्ञवाली,नेपाली काँग्रेस पाल्पाका सभापती बिर बहादुर राना लगायतले आ–आफ्नो धारणा प्रश्तुत गरेका छन्।