विशेष

यसरी पर्दैछन् प्रचण्ड निशानामा, देउवा र ओलीसँग मात्र छ उनलाई बचाउने गोप्य सुत्र !

काठमाण्डौ । सायद, संयोग हुनसक्छ, प्रचण्ड प्रधानमन्त्री भएकै बेला पूर्वराजपरिवार र सेनाका अवकाश प्राप्त जनरलहरुका स्वहरु फेरि कडा रुपमा सुनिन थालेका छन् । २ दिनअघि विराट हिन्दु सम्मेलनका नाममा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्रले विद्रोहको चेतावनी दिए लगत्तै पूर्वप्रधानसेनापति रुक्माङ्गद कट्वालले पनि अर्को धम्की दिएका छन् ।

पूर्वको ताप्लेजुङमा पुगेर पूर्व प्रधानसेनापति कट्वालले संविधान संशोधनमार्फत हिन्दु राष्ट्र घोषणा नगरिए मुलुक गम्भीर दुर्घटना फस्ने चेतावनी दिए । वनकालीमा विश्व हिन्दु महासंघले आयोजना गरेको विराट हिन्दु सम्मेलनभित्र देखिएका अराजकताले अशान्त भएको पूर्वराजा ज्ञानेन्द्रको मन पूर्वमा कट्वाल कट्किँदा केही शान्त त भयो होला । तर पछिल्लो समयमा देखिन थालेका यी अभियानहरुले खासै प्रभाव पार्न नसक्ने धेरैको ठहर छ ।

विश्व सामू नेपालको पहिचान हिन्दु धर्मसँग जोडिएको र यसलाई जसरी बचाउन तयार रहेको भन्दै कट्वाल पड्किरहँदा प्रधानमन्त्री दाहाल भने उही पूर्वराजदरबारसँग धाँटी जोडिएका भनिएका अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग महाअभियोग लगाउने पौठेजोरी खेलिरहेका छन् । यद्यपि, कार्कीलाई केही वर्षअघि प्रचण्डकै प्रस्तावमा अख्तियार प्रमुख बनाइएको थियो ।

prachanda-deuba-and-oli

अघिल्लो पटक प्रचण्ड प्रधानमन्त्री भएकै बेला २०६५ सालमा रुक्माङ्गद कट्वाल प्रधानसेनापति थिए । त्यसबेला मञ्चन भएको कट्वाल प्रकरणमा प्रचण्डले आफै राजीनामा दिनुपरेको थियो । त्यसबेला प्रधानसेनापति कट्वालले भारतको आडमा शक्ति प्रदर्शन गरेको आरोप समेत लागेको थियो । त्यो घटना नेपालको राजनीतिक इतिहासमा कट्वाल प्रकरणका नामले चिनिन्छ ।

अहिले भने रुक्माङ्गद कट्वाल एउटा सामान्य नागरिकका रुपमा छन् तर राजतन्त्र र हिन्दु धर्मका बारेमा भने बेला–बेलामा कडा अभिव्यक्ति दिइरहेका हुन्छन् । प्रचण्ड प्रधानमन्त्री भएकै बेला फेरि उनीहरुले कडा अभिव्यक्ति दिन थालेका छन् ।

सतर्क के मा रहनुपर्छ भने उनीहरुको यो अभियानसँग दरबारसँग ३० औं वर्षदेखि घाँटी जोडेर पछिल्ला दिनसम्म गणतन्त्रको मिठो फल चाख्ने अवसर पाएका लोकमानसिंह कार्कीहरुको घाँटी जोडिनु हुन्न् । अन्यथा, यसले कट्वाल प्रकरण जस्तै अर्को कार्की प्रकरण निम्त्याउने खतरा रहन्छ ।

यदि यही अभियानमा उनीहरुको घाँटी जोडियो भने प्रचण्ड, केपी, शेरबहादुरहरुको घाँटीमा समेत तरबार आउन सक्ने सम्भावना नजिकै रहेको जानकारहरु बताउँछन् । त्यसैले यो बेला प्रचण्डविरुद्ध दाबिएको निशाना भोली देउवा र ओली विरुद्ध पनि आइलाग्न सक्छ । त्यसैले प्रधानमन्त्री दाहाललाई बचाउने जिम्मेवारी र सुत्र अहिले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष केपी ओलीसँग मात्र रहेको विश्लेषकहरु बताउँछन् ।

पछिल्ला दिन हिन्दु धर्मको विषयलाई विशेष मुद्धा बनाएर अघि बढेका कमल थापा र खुमबहादुर खड्काहरु भने यो अभियानमा देखिएका छैनन् । त्यसैले यो शक्ति निकै कमजोर रहेको आंकलन गरिदैछ । परिस्थितिले थापा र खड्का पनि यो अभियानमा जोडिने संकेत देखा पर्दैछ । यो परिस्थिति निर्माण हुन नदिन पनि संविधान कार्यान्वयनको मुद्धालाई तीव्रता दिन जरुरी रहेको जानकारहरु बताउँछन् ।