पर्यटन/संस्कृति

सिमराको चारतारे होटलमा २५ प्रतिशत डिस्काउण्ड, पाहुनाहरुको भीड

सुर्यखबर सम्बाददाता

बारा । सीमरामा अत्याधुनिक चारतारे होटल स्थापना गरिएको छ । ब्याबशायी इच्छाराज वाग्लेको लगानीमा स्थापना भएको उक्त होटल समीमरा क्षेत्रमा नै सबैभन्दा ठूलो र सुबिधासम्पन्न भएको लगानीकर्ताको दाबी छ । ईच्चा होटल प्रलीका अध्यक्ष समेत रहेका वाग्लेका अनुसार पाँच बर्षको मेहेनतमा होटल निर्माण गरिएको हो । उक्त होटलमा ६० करोड भन्दा बढी लगानी भएको छ ।

८० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको सो होटलमा दुई हजार भन्दा बढी पाहुनाको क्षमता छ, बिबाहा, सेमिनार लगायतका कार्यक्रम गर्न अत्यन्तै उपर्युक्त रहेको बताईएको छ ।
गर्मीको वातावरणलाई शीतल पार्न अत्याधुनिक झरनाको समेत निर्माण गरिएको छ ।

ichchha-hotel

दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निर्माणको अन्तिम चरणमा पुगेको उक्त स्थानको ईच्छा होटलले राम्रो बजार लिने सम्भाबना भएको अनुमान पर्यटन ब्यावशायीले समेत लगाईएका छन् ।
८४ कोठा भएको होटलमा ६७ वटा निर्माण सम्पन्न भईसकेका छन् भने बाँकी १७ वटा निर्माण प्रकृयामा छन् ।

पाँचवटा सभाहल रहेको उक्त होटलमा केटाकेटी र बयस्कको लागी नुहाउन बेग्ला बेग्लै स्वीमिङ पुलको ब्यवस्था गरिएको छ ।

सीमरामा सुबिधासम्पन्न होटल आवश्यक रहेको आफू्लाई लागेकोले उक्त होटल सँचालन गरेको बैकर समेत रहेका चारतारे होटलका संचालक वाग्लेको भनाई छ ।

हाल होटल स्थापना भएको सुरुवात भएकोले ग्राकहरुलाई २५ प्रतिशत डिस्काउण्ट चलिरहेकोले पाहुनाहरुको आवागमन बढेको होटलका सिनियर कर्मचारी जयराम खतिवडाले बताएका छन् ।