पु.समाचार

सूजातालाई ५० लाख दिने निर्णयको बिरोधमा स्वास्थ्य मन्त्री गगन थापा !

सुर्यखबर सम्बाददाता,

पोखरा । स्वास्थ्यमन्त्री समेत रहेका जनताका आँखामा लोकप्रीय बनेका युवा नेता गगन कुमार थापालाई छलेर क्याबिनेटले सूजाता कोईरालालाई ५० लाख उपचार खर्च दिने निर्णयको सामाजीक संजाल लगायत सर्बत्र बिरोध भईरहेको छ ।

स्वास्थ्यमन्त्री थापा काँग्रेसको भातृ सँस्था नेपाल तरुण दलको चौथो माहाधिवेसनका लागी पर्यटकीय नगरी पोखरामा भएका बेला उनलाई छलेर प्रधानमन्त्रीले क्याबिनेटबाट उक्त निर्णय गराएका छन् । स्वास्थ्यमन्त्री थापाले भीआईपीलाई १५ लाख भन्दा बढी सहयोग दिन नपाईने नियम बनाएर पास गराउन क्याबिनेटमा पेश गरेका थिए । उक्त नियम प्रधानमन्त्री पुष्पकमल दहालले दुईपटक क्याबिनेट बैठक सारेका कारण पास हुन सकेको थिएन ।

मन्त्री थापा पोखरा आएको बेला छलेर प्रधानमन्त्रीले सूजाताका नाममा ५० लाख स्तन् क्यान्सर उपचारका लागी दिने निर्णय गरेछन् । सूजाताले उक्त उपचारका लागी एक करोड मागेको समाचार केहिदिन अगाडी सँचारमाद्यममा आएको थियो ।

पोखरामा तरुण दलको अधिवेसनका लागी अत्यन्तै ब्यस्त रहेका थापालाई सुर्य खबर प्रतिनिधिले सोध्दा यो निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् । थापाले आफूले पेश गरेको कार्यबिधि प्रधानमन्त्रीले बैठक सारेका कारण पास हुन नसकेको उक्त उक्त कुराको आफूले काठ्माण्डौ फर्केपछि डिफेन्स लिने बताएका छन् ।

उपचार खर्च माग गर्दै १५ सय भन्दा बढी निबेदन आफ्नो मनत्रालयमाभएको र उपचार खर्च माग्ने निबेदनको दैनिक चाँप स्वास्थ्य मन्त्रालयमा आउने हुँदा उक्त चाँपका बिषयमा प्रधानमन्त्री दहाललाई लगेर दिने बताएका छन् । तयसबेला प्रधानमन्त्री दहालले दिएको जवाफ तपाई पत्रकारहरुलाई पनि सुनाउने नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री थापाको छ ।

पूर्बप्रधानमन्त्री एबम् पार्टी सभापति स्व.गिरिजाप्रसाद कोईरालाकी सूपुत्री काँग्रेस केन्द्रीय सदस्य सूजाता कोईराला आार्थिक रुपमा धनी भएपनि सरकारसँग सहयोग लिएर उपचार गर्दा जनस्तरका समेत बिरोध भईरहेको छ । सामाजीक संजालमा यो निर्णयलाई गगनले सीधा वा घुमाउरो पाराले समर्थन गरे नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बिचारहरु आईरहेका छन् ।

नेतृ कोइराला पूर्ब उपप्रधान एबम् परराष्ट्रमन्त्री हुन् ।