आर्थिक

अख्तियारको अनुसँधान अब ठूलामाछामा केन्द्रित, पहिलो चरणमा को को परे त ?

सुर्यखबर सम्बाददाता,

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसंधान आयोगले केहि बिशिष्ट सरकारी पद धारण गरेका अधिकारीहरुको भ्रष्टाचार संबन्धि फायल खोलेको छ । यसबाट नब नियुक्त अख्तियार प्रमुखले ठूला माछा समात्ने काम शुरु गरेको बुझिएको छ ।

नेपाल राष्ट्रबैंक स्रोतबाट प्राप्त विवरणअनुसार केहि उच्च अधिकारीहरुको बैंक खाता समेत रोक्का गरी अनुसँधान शुरु गरिसकिएको छ ।  सिंचाइ मन्त्रालयका सचिव गजेन्द्र ठाकुर, आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा, नेपाल ट्रष्टको कार्यालयका सचिव अर्जुनकुमार कार्की, कानून मन्त्रालयका सहसचिव धनराज ज्ञवाली र भन्सार विभागका महानिर्देशक शिशिर ढुंगाना लगायत छन् ।
नेपाल प्रहरीका एआईजीद्वय प्रतापसिंह थापा र विरेन्द्रबाबु श्रेष्ठसमेत अख्तियारको अकुत सम्पत्ति छानबिनको दायरामा परेका छन् । बीरेन्द्रबाबु श्रेष्ठ लोकमानसिँह कार्कीका अत्यन्तै बिश्वासिला भएर अख्तियारमा प्रहरी प्रमुख भएर काम गरेका थिए । श्रेष्ठको सार्क सम्मेलनका बेला रकम हिनामिना गरेको आरेप लागेको थियो । अर्जुनकुमार कार्कीको सहरी मनत्रालयको सचिब भएका बेला भूकम्पपिडितलाई बाँडेको बिपालका बिषयमा बिबाद थियो । अर्का आन्तरीक राजश्व बिभागका महानिर्देशक चुडामडी शर्माको सम्पती शुद्धिकरणमा भएका बेला १० लाख घुष काण्डको समाचारले बढी बिबादमा ल्याएको थियो । उनीहरुलाई अनुसँधानको दायरामा ल्याएको अख्तियार श्रोतको दाबी छ ।
उनी प्रहरी प्रधान कार्यालयको प्रवन्ध फाट प्रमुख हुँदा सार्क सम्मेलनका लागि प्रहरीलाई आवश्यक सामान खरिद गर्दा विवादमा मुछिएका थिए ।