विशेष

अब धेरै रहेनछ पृथ्वीको आयू, विश्वप्रसिद्ध वैज्ञानिक स्टिफन हकिंग्सले गरे नयाँ खुलासा !

एजेन्सी– विश्वप्रसिद्ध वैज्ञानिक स्टिफन हकिंग्सले पृथ्वीको आयूबारे अनौठो खुलासा गरेका छन् । वैज्ञानिक हकिंग्सले पृथ्वीको आयू अब बढीमा १ हजार वर्षदेखि १० हजार वर्षसम्म मात्र रहने दाबी गरेका हुन् ।

केहीदिन अघि अक्सफोर्ड यूनियन सोसाइटीको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले स्पष्ट रुपमा पृथ्वीको आयू बारेमा किटानी गरेका हुन् ।

हकिंग्सले स्पष्ट रुपमा भनेका छन्, ‘अबको दशहजार वर्षभित्र कि त मानव जातिले पृथ्वीलाई छाडेर ब्राम्हण्डको अन्य ग्रहमा बसोबास गर्ने तयारी गर्नेछन् र त्यसको खोजी गर्नेछन्, कि त पृथ्वीमा मानव जातिको अस्तित्व समाप्त भएर जानेछ । उनले भनेका दुईवटा विकल्पमा मानवजातिले जसरी पनि त्यो समयभित्र पृथ्वीबाट बाहिरिनुपर्ने देखिएको छ ।

बेलायतका ७४ वर्षीय प्रसिद्ध वैज्ञानिक हकिंग्सका अनुसार मानवजातिले अबको छोटो समयभित्रै ब्रम्हाण्डमा नयाँ धर्ती पत्ता लगाउन सक्छ , र त्यहाँ जाने कोसिस गर्नेछ ।
यता, पृथ्वीमा भने अबको १ हजार वर्षपछि विकास र संकटको युग सुरु हुनसक्छ । वैज्ञानिक हकिंग्सका अनुसार पृथ्वीमा आणविक आतंकवाद र जलवायू परिवर्तनका कारण पृथ्वी संकटमा फस्नेछ । मानवजाति आफैले विकास गरेको आणविक हतियार र प्रकृतिको विपत्ति (जलवायू परिवर्तन) ले एकसाथ पृथ्वीलाई प्रहार गर्नेछ र पृथ्वीको नास हुनेछ ।

हकिंग्सले आफ्नो स्पीचमा ब्रम्हाण्ड, आइन्स्टाइनका सिद्धान्त, इश्वर कण लगायतका सवालहरुलाई जोडेका थिए । जसमा पृथ्वीको भविष्यबारे व्यापक भविष्यवाणी गरिएको थियो ।

दशहजार वर्षभित्र मानिसले दोश्रो ग्रहमा जान ठूलो तयारी गर्न सक्छ, जुन तयारीले पृथ्वी समाप्त हुने चरणमा पुगेपनि ठूलो राहात मिल्ने हुनाले मानव जातिनै सकिन्छ भन्ने किटानै गर्न भने नसकिने उनको दोश्रो तर्क थियो ।

पछिल्ला वर्ष अमेरिकास्थित नासा लगायतका संस्थाहरुले ब्रम्हाण्डको खोजी गरिरहेका छन् । नासाको रिपोर्ट अनुसार ब्रम्हाण्डमा ४ हजार ६ सय वटा पृथ्वीजस्तै ग्रहहरु हुनसक्ने अनुमान गरिएको छ , जसमध्ये ५० प्रतिशत अर्थात २ हजार ३ सय वटा ग्रहमा मानवजाति जानसक्ने र प्राणीको अस्तित्व रहन सक्ने सम्भावनाको संकेत मिलेको बताइएको छ ।

अहिलेसम्म मानवजातिले पृथ्वीको उपग्रह चन्द्रमामा पाइला टेकेको छ भने मंगलग्रहको बारेमा गहिरो अध्ययन गरिरहेको छ ।