विचार/ब्लग

नेता ज्यूहरु, वार्ता, वार्ता, वार्ता, ख्वै निश्कर्ष ? सक्नुहुन्न भने लिनुस राजनीतिबाट सन्यास, दिनुस पदबाट राजीनामा !

बाबुराम आचार्य

काठ्माण्डौ । मधेसी मोर्चा र सरकारबीचमा दर्जनौ वार्ता भए, स्व. शुसिल कोईरालाको प्रधानमन्त्रीत्व सरकारमा होस या, केपी ओली या त पुष्पकमल दहाल सरकारमा हुन् वार्ता भएको भयै तर ख्वै त वार्ताको निष्कर्ष ?

अन्तिम समयमा प्रधानमन्त्री समेत रहेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसंग मधेसी मोर्चाका माग पुरा गर्न संबिधान संसोधनको लागि वार्ता गर्यो ।

वार्तामा उपस्थित अध्यक्ष केपी शर्मा ओली सहित माधब कुमार नेपाल, बामदेब गौतम, शुभाषचन्द्र नेम्वागं, भीम रावल लगायतका एमाले नेताहरुसंग सत्ता पक्षका नेताहरुसंग चर्काचर्कि नै पर्यो । के हो त संबिधान संसोधन, जनताका पक्षमा छ कि छैन त ? एमालेलाई चैं संबिधान संसोधन अलोकप्रीय कांग्रेस र माओबादीलाई चैं प्रीय हो कि जनतालाई झुक्याउन मात्र वार्ताको नाटक गरेको हो ? नेताहरुले स्पष्ट भन्नु पर्यो ?

शक्तीसाली भूकम्पले मुलुक तहसनहस भएका बेला भारतीय पक्षको बलमा नाकाबन्दी जस्तो गम्भिर अपराधमा सकृय नेपालका मधेसबादी दलहरुसंग काँग्रेस एमाले र माओबादी केन्द्र डराएर वार्ताको नाटक गरेका हुन् भन्ने नेपाली जनताले बुझे हुन्छ त ? अनि डराएपनि किन मधेसी मोर्चाको एजेण्डामा सहमती नगरेका त ? यसको उत्तर चाहियो जनतालाई ?
सीमाकंन, नामांकनको बिषय टुंग्याउने कि पुनः २०४७ सालकै संबिधानको पुनराबृति गर्ने हो अब निर्णय गर्न ढिला भईसकेको छ, मुलुक सबै नेपाली जनताको सम्पती होईन एउटा पर्टी बिशेष वा कुनै शक्तीसाली ब्यक्तीको होईन ।

रिमिट्यान्सले देश चलेको छ, मुलुकको भबिश्य यस्तो अन्योल ग्रस्त हुँदा तपाईहरु किन आफ्नो ब्यक्तीगत र पार्टीगत फाईदाकालागी मात्र कुद्नुहुन्छ नेता ज्यूहरु, मुलुकलाई बिकशीत समुन्नतर समृद्ध बनाउन सक्नुहुन्न भने आजै तपाईको महत्वपूर्ण पदबाट राजीनामा दिनुहोस, आउछन् नेतृत्वमा गगनहरुm गोकर्ण बिष्टहरु, जनार्दन शर्माहरु, अभिशेक प्रसाद शाहहरु, तपाईले लिनुस राजनीतिबाट सन्यास, यो पनि तपाईको मुलुक र जनताप्रतिको त्याग हुनेछ । तपाईहरुलाई युवा नेताहरुले ब्यवस्थापन गर्छन, चिन्ता नलिनुहोस ।
अब त अति भो, महंगीले जनता मारमा छन्, बेरोजगारी बढेको बढ्यै छ, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रलाई सबैभन्दा राम्रो आयश्रोतको माद्यम बनाएका छन्, माफियाहरुले अस्पताल, स्कुल र कलेज संचालन गरेर कसले बोल्छ, कसले गर्छ नियन्त्रण ? यी जनताका आधारभूत आवश्यक्ता होईनन् र ?

यो प्रश्न जनताले सबै जीममेवार राजनीतिक दलहरुलाई सोधेका छन्, जनता राजनीतिक स्थायीत्व र दिगो शान्ति दिन सक्ने क्षमतावान नेताको खाजीमा छन्, कि तपाईजस्तो ढाँट्ने नेतालाई कसारी कारबाही गर्छन् त्यो त ‘जनता जनार्दन’ भनेर तपाईहरुले भाषणमा भन्ने गरेको तुक्का नै काफी छ ।
अब जनतालाई नढाँट्नुस । पद भन्नाले प्रधानमन्त्रीमात्र होईन, पार्टी सभापति, अध्यक्ष लगायतका शक्तीसाली पार्टीका शक्तीसाली पदहरुबाट राजनीनामा दिनुस, काम नगरीकन पदमात्र ओगट्ने काम बन्द् गर्नुहोस तपाईहरु, अलिकतिपनि नैतिकता देखाउनुस, अलिकति भएपनि जनताको पक्षमा भएको उदाहरण ब्यबाहारमा नै देखाउनुस ।