आर्थिक

नेपालको बिकासमा औद्योगिक क्रान्ति आवश्यक : उद्योगमन्त्री जोशी

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । उद्योगमन्त्री नविन्द्रराज जोशी र संयुक्त राष्ट्रसंघको उद्योग विकास सङ्घठन (युनिडो)को महानिर्देशक लि योङ्गबीच, अष्ट्रिया को भियनामा दुइपक्षिय भेट भएको छ ।

भेटवार्ताको क्रममा मन्त्री जोशीले नयाँ संविधान जारी पछिको अहिलेको अवस्थामा नेपालको विकासका लागि औद्योगिक क्रान्तिको आवश्यकता भएको हुँदा दिगो र वृहत् औद्योगिक विकासका लागि युनिडोको सहयोग रहने अपेक्षा गरेका छन् ।

नेपाल सरकार अहिले औद्यागिक वातावरण तयारका लागि आवश्यक पूर्वाधार विकासमा लागि परेको उद्योगमन्त्री नविन्द्रराज जोशीले बताए । यसका लागी सरकार औद्योगिक व्यवसाय प्रबद्र्धन ऐन, विशेष आर्थिक क्षेत्र ऐनको संशोधन लगायत आवश्यक अन्य ऐनहरुको संशोधन एवं कानुनी तथा नीतिगत सुधारमा जुटको मन्त्री जोशीले बताए ।

उद्योग मन्त्रालय एवं नेपाल सरकारले औद्योगिक वातावरणको तयारीसँगै लगानी भित्र्याउन,े रोजगारीको अवसर सृजना गर्ने, साना तथा घरेलु उद्योगहरुलाई प्रोत्साहन गर्ने, रुग्ण एवं बन्द भएका उद्योगहरुको पुनरोत्थान गर्ने लगायत कामलाई प्राथमिकता दिइ लगानीकर्ताहरुको मनोबल बढाउनु यो सरकारको प्रमुख प्राथमिकता रहेको मन्त्री जोशीको भनाइ थियो ।

भेटको क्रममा यूएनआइडिओका महानिर्देशक योङ्गले नेपाल सरकारको औद्योगिक विकासको स्पष्ट कार्यदिशा रहेको हुँदा यसमा यूएनआइडिओको सधैँ साथ रहनेमा जोड दिनुभयो । उहाँका अनुसार यूएनआइडिओले नेपाललाई दिदै आएको सहयोगलाई निरन्तरता दिदैँ थप लगानीका लागि नेपालको रणनीति कस्तो रहने त्यसमा भर पर्ने बताए ।
यूएनआइडिओले नेपालको क्षमता वृद्धि, औद्योगिक नीति परामर्श सेवा, व्यापार क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा निरन्तर सहयोग गर्ने बताए । नेपालजस्तो मुलुकमा रोजगारी सृजना गरी जीवनस्तर उकास्नका लागि औद्योगिक विकास अपरिहार्य हुने हुँदा रणनीतिक योजना तर्जूृमा र त्यसको कार्यान्वयनका लागि यूएनआइडिओ सधै तत्पर रहेको उहाँले जिकिर गरेका थिए ।

भेटका क्रममा उद्योगमन्त्री जोशीले महानिर्देशक योङ्गलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिऐ ।

भेटको क्रममा उद्योगमन्त्रालयका सहसचिव यमकुमारी खतिवडा एवं जेनेभाका लागि नेपाली राजदूत दिपक धितालको पनि उपस्थिती रहेको थियो ।