आर्थिक

सिभिल बैंक लिमिटेड अब छैठौं वर्षमा

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो छैठौं  वार्षिकोत्सव विविध कार्यक्रमहरुको आयोजना गरीे मनाएको छ । बैंकले शुक्रबार वित्तिय साक्षरताको लागि प्रभातफेरीे आयोजना गरेको छ साथै बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको वार्षिकोत्सव देखि १ हप्तासम्म देशका विभिन्न स्थानहरुमा वित्तिय साक्षरताका विभिन्न चेतना मूलक कार्यक्रमहरुको आयोजना गर्नुको साथै सो सप्ताहभित्रै देशका २५ स्थानहरुबाट गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने कुरा बैंकले जनाएको छ ।

इन्टरनेशनललिजिङ्ग एण्ड फाईनान्स कम्पनी लि. सँग मर्ज गरी एकिकृत कारोवार शुरु गरिसकेको यस बैंकले युनिक फाईनान्स र हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेडलाई खरिद गर्ने सम्वन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ जसपछी बैंकको चुक्तापुँजी रु ५ अर्ब ५४ करोड पुग्नेछ ।

bijaya-kasajoo

यस बैंकले समाजप्रतिआफ्नो जिम्मेवारी वहनगर्दै आफ्नो सेवाको परिधी र व्यवसायवृद्धि गर्ने कुरा बैंकका प्रमुखकार्यकारी अधिकृत किशोर मर्हजनले बताएका छन् ।