समाचार

वेदिका केसी हाजिरी जमानीमा छुटिन्

८ साउन, काठमाडौं । वेदिका केसी हाजिरी जमानीमा छुटेकी छन् ।

बिहीबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतले एक दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

केसीले पछिल्लो समय राधिका दासीलगायत विभिन्न व्यक्तिहरूविरुद्ध अभिव्यक्ति दिएकी थिइन्।

सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध विभिन्न अभिव्यक्ति दिएपछि उनलाई बिहीबार दिउँसो नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले जोरपाटीबाट पक्राउ गरिएको थियो ।