आर्थिक

मन्त्री जोशीले अष्ट्रियामा दिए गतिलो जवाफ

सुर्यखबर सम्बाददाता, 

काठमाण्डौ । संयुक्त राष्ट्रसंघ उद्योग विकास संगठनको औद्योगिक विकास बोर्डको ४४ औं बोर्ड बैठकमा सहभागिका लागि अष्ट्रियाको भियानामा रहनु भएका उद्योगमन्त्री नविन्द्रराज जोशी  Peace: Inclusive and Sustainable Industrial Development (ISID) for Job Creation to Address the Root Causes of Migration बिहीबार आयोजित सामुहिक छलफल कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै वक्ताको रुपमा सहभागि भएका छन् ।

संयुक्त राष्ट्र संघ उद्योग विकास संगठनेका संस्थापक महानिर्देशकले संचालन गर्नुभएको उक्त सामूहिक छलफल कार्यक्रमको उद्देश्य विश्व समुदायको सबैको चासोको विषय रहेको बसाइसराइकोबारेमा छलफल गरी बसाइसराइको कारणहरु पत्ता लगाउनु रहेको छ ।
कार्यक्रममा यूएनआइडिओका इकाइका प्रतिनिधिहरुका साथै निजी क्षेत्र उक्त छलफल कार्यक्रमको वक्ताको रुपमा रहेका थिए । जसमा International Center for Migration Policy Development, Human Security Unit, United Nations, Migration and Skills Unit, OEDC Development Center and the private sectors रहेका छन् ।

कार्यक्रममा मन्त्री जोशीले नेपालमा बसाइसराइको विद्यमान अवस्थाको बारेमा चित्रण गर्नुका साथै यसमा नेपाल सरकारले गरेका मुुख्य कामहरुको बारेमा जानकारी गराएका थिए । मन्त्री जोसीले भने– “रोजगारीको सिलसिलामा नेपालीहरु बसाइ सर्ने हुँदा नेपालमा दिगो र समावेशी रुपमा औद्योगिक विकास गरेर राष्ट्रियस्तरमा रोजगारीको अवसर सृजना गर्नु हाम्रो ध्येय हो ।
नेपाली दक्ष युवाहरुलाई विदेशीन नदिनका लागि उपयुक्त रोजगारी सृजना गर्छौ । यस्तै निर्यातमा भइरहेको अवरोधलाई दिगो आर्थिक रुपान्तरण हटाउदै जाने यो सरकारको लक्ष्य रहेको छ । यसका लागि अन्तराष्ट्रिय संस्थाहरुको साथ र सहयोगको नेपाल सरकारले अपेक्षा गरेको छ । ” कार्यक्रममा मन्त्री जोशीले छलफलमा उठेका जिज्ञासा एवं प्रश्न उत्तरमा पनि सहभागिता जनाएका थिए ।