विशेष

यी हुन सन् २०१६ मा विश्वलाई प्रभाव पार्ने चर्चित व्यक्तित्वहरु, कुन देशले कसलाई पछार्यो ?

एजेन्सी– अमेरिकाको विश्वप्रसिद्ध म्यागेजिन टाइम्सले सन् २०१६ का विश्वभरका वर्ष व्यक्तिहरुको नाम प्रकाशित गरेको छ । टाइम्सले प्रकशित गरेको नामावलीमा अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामा, नबनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सि जिन पिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका व्यक्तित्वहरु अग्रपंक्तिमा आएका छन् ।

आश्चर्य त के छ भने यो वर्षको टाइम्स म्यागेजिनको वार्षिक प्रतिवेदन अनुसार विश्वका प्रभावशाली राष्ट्रका राष्ट्र प्रमुखहरुलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उछिनेका छन् । गत ७ नोभेम्बरमा प्रकाशित गरिएको सर्वेक्षण प्रतिवेदन अनुसार विश्वविख्यात सञ्जाल विकीलिक्सका फाउन्डर जुलियन असाञ्ज समेत अटाएका छन् ।

विश्वलाई प्रभावमा पार्न सक्ने व्यक्तिहरुको सुचीलाई प्राथमिकताका साथ प्रकाशित गर्दै आएको टाइम्सले यो पटकको सर्वेक्षणमा राजनीतिक व्यक्तित्वहरुमध्ये भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा धेरै मत प्राप्त गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले १७ प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ७ प्रतिशत मत प्राप्त गरेका छन् भने चिनियाँ राष्ट्रपति सि जिनपिङले २ प्रतिशत मत प्राप्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले भने १ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । त्यस्तै, नवनिर्वाचित अमेरिकी राष्टन्पति डोनाल्ड ट्रम्पले ७ प्रतिशत मत प्राप्त गरेका छन् । त्यस्तै विकीलिक्सका असान्जले भने १० प्रतिशत मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याहरुले जनाएका छन् ।