समाचार

प्रहरीले अब साइबर ब्युरो बनाउने

काठमाण्डौ । प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोको अवधारणा अघि सारेको छ । साइबर अपराधका घटना वृद्धि भएपछि प्रहरीले विशेष प्रकृतिको साइबर ब्युरोका लागि कार्ययोजना निर्माण थालेको हो ।

अहिले महानगरीय अपराध महाशाखा केन्द्रीय अनुसन्धान विभागले आ-आफ्नै हिसावले साइबर अपराधका मुद्दामाथि अनुसन्धान गरिरहेका छन् ।

डिआइजी हेमन्त मल्लका अनुसार प्रहरीले यसको संरचनात्मक स्वरुपबारे छलफल चलाइसकेको छ । शुक्रबारको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।