समाचार

सुदुरपश्चिममा भूकम्पको ठूलै धक्का !

दार्चुला । दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा भूकम्प गएको छ । गएराति १०:३७ बजे ५.३ रिक्टर स्केलको भूकम्प गएको भूकम्पमापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट कपिल महर्जनले जानकारी दिएको राष्ट्रिय समाचार समितिले जनाएको छ ।

दार्चुला प्रहरी प्रमुख केदार खनालका अनुसार अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन । सबै प्रहरी पोस्टलाई क्षतिको विवरण सङ्कलन गर्न आग्रह गरिएको छ । यसको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो ।