अन्तर्राष्ट्रिय

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

एजेन्सी– भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन भएको छ । मुख्यमन्त्री जयललिताको सोमबार राती १२ बजे निधन भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

मुख्यमन्त्री जयललितालाई आइतबार ह्रदयघात भएपछि अस्पताल भर्ना गरिएको थियो । उनलाई बचाउन डाक्टरहरुले ठूलो प्रयास गरेका थिए । उनी एक महिनाअघि देखिनै अस्पतालमा उपचाररत थिइन् । यसअघि पनि एकपटक उनलाई ह्रदयघात भएको थियो । त्यसबेला भने चिकित्सकहरु उनलाई बचाउन सफल भएका थिए, यो पटक भने सफल भएनन् ।

सोमबार अपरान्ह एकपटक उनको निधन भएको समाचार स्थानीय सञ्चारमाध्यामहरुमा आएपछि एपोलो अस्पतालले त्यसको खण्डन गरेको थियो तर सोमबार राती १२ बजे भने निधन भएको पुष्टि अस्पतालले नै गरेको थियो । तमिलनाडुकी आमा भनेर चिनिने जयललिता त्यहाँकी लोकप्रिय नेतृ थिइन् । उनी पूर्व बलिउड स्टारसमेत हुन् ।