आर्थिक

आयो नयाँ राईसकुकर बजारमा

काठमाडौं। नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ “स्काईवर्थ राइस कुकर” बजारमा ल्याएको छ ।

हाल बजारमा उक्त राइस कुकरका दुई मोडलहरु,RC 2200 र RC 3200, उपलब्ध छन् । दुई मोडलहरु मध्ये RC 2200 ९०० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता २.२ लिटर रहेको छ ।

त्यसैगरी, RC 3200 मोडल १००० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता ३.२ लिटर रहेको छ । दुवै प्रोडक्टहरु आकर्षक डिजाइनका साथै विभिन्न फिचर्सहरुका साथ बजारमा उपलब्ध छ, जस्तै : कुक र वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षा ।

उक्त दुई उत्पादनहरुले अब ग्राहकहरुलाई अभैm बढि विकल्पहरु तथासुपथ मूल्यमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका प्रोडक्टहरु प्रदान गर्नेकुरामा कम्पनी विश्वस्त छ ।