आर्थिक

प्रभु बैंकको साखा अब गोठाटारमा

सुर्यखबर सम्बाददाता, काठमाण्डौ । प्रभु बैंकले आफ्नो नयाँ साखा काठमाण्डौको गोठाटारमा स्थापना गरेको छ । उक्त साखा स्थापना पश्चात शुक्रबारबाट सञ्चालनमा ल्याईएको जनाएको छ ।

नेपाल राष्ट्र बैंकका वरिष्ट डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठज्यूले एक समारोहका विच उक्त शाखा कार्यालयको समुद्घाटन गरे पछि संचालनमा आएको उक्त साखा मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयहरु मध्ये न्युरोड शाखा कार्यालयलाई गोठाटारमा स्थानान्तरण गरिएको हो ।
यसका साथै मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन  हुंदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहकहरुले सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।