पु.समाचार

फेसबुकमा पत्रकार बिष्णु घिमिरे लेख्छन् ‘चोरीका गाडीमा ट्राफिकका हाकिम’

काठमाडौँ । प्रहरी आफैँ चोरीका गाडी प्रयोग गर्न थालेपछि सर्वसाधारणले चोरीका साधन प्रयोग गरे भनी किन पक्राउ गर्ने रु प्रहरीलाई कानुन लाग्दैन रु के प्रहरी कानुनभन्दा माथि छ रु बर्दी लगाएको भरमा जे पनि गर्न पाइन्छ रु राज्यले ढुकुटी रित्याएर भए पनि वा मित्रराष्ट्रहरूबाट मागेर भए पनि सवारी साधन त जति पनि दिएकै छ । आखिर किन चोरीका गाडी नै प्रयोग गर्छन् त प्रहरी र? प्रष्ट छ, उनीहरू आफैँले नै समाउने हो, अरू कसैले समाउने होइन । आफैँले चलाएपछि कसले समाउने रु कि त प्रहरीले पनि यस्ता चोरीका साधनहरू प्रयोग गरेको बारेमा अख्तियार, सतर्कता केन्द्र या प्रधानमन्त्री कार्यालयले प्रत्यक्ष समाउन पाउने अवस्था रहनुपर्यो, होइन भने प्रहरीले चोरीका गाडी प्रयोग गरेपछि सर्वसाधारणले किन नपाउने त रु अहिले यही प्रश्न ट्राफिकको तल्लो तहका अधिकृतहरू नै भन्ने गर्दछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा खुलेआम चोरीका गाडीहरू प्रयोग भइरहेका प्रमाणहरू हामीलाई प्राप्त भएका छन् । महाशाखा प्रमुख डिआइजी प्रकाश अर्याल स्वयम् नै चोरीका गाडी प्रयोग गर्छन् भने महाशाखाका अन्य अधिकारीहरूले पनि चोरीका गाडी प्रयोग गरिरहेका छन्, । त्यतिले मात्र होइन डिआइजी अर्यालले सेवाका लागि कुनै राजनीतिक पार्टीका नेता, कार्यकर्ता, मन्त्रीका भरौटे, पिएदेखि आफ्ना नातागोतासम्मलाई सेवा गर्नका लागि पनि त्यस्ता चोरीका गाडीहरू प्रयोग गरिरहेका छन् । विडम्बना यस्ता चोरीका गाडीहरू महाशाखाबाट कसैको सेवाका लागि पठाउँदा बग्गीखानाबाट नै ट्राफिक प्रहरीको ड्राइभर पठाउने व्यवस्थासमेत हुँदै आएको छ ।

बा ११ च ५०४६, बा ५ च १५४ नम्बरका चोरीका गाडीहरू डिआइजी अर्याल स्वयम्ले पनि प्रयोग गर्दै आएका छन् भने बा २ च २०१९ नम्बरको चोरीको गाडी डिएसपी सविन प्रधानले व्यक्तिगतरूपमा प्रयोग गर्दै आइरहेका छन् । त्यसैगरी बा ७ च ७१३३ नम्बरको चोरीको गाडी कसैलाई सेवा र चाकडी गर्ने एवम् कहिलेकाहिँ लेनअनुशासन अनुगमन गर्नका लागि पठाउने गरिएको छ । स १ च ८८७, बा ५ च ११०४ का चोरीका गाडी केबल डिआइजी अर्यालले सेवाका लागि पठाउने गर्दछन् । बा ८ च ५४७५ नम्बरको चोरीको गाडी पनि यसरीनै कसैको चाकडी गर्नेदेखि कहिलेकाहिँ स्वयम् डिआइजी अर्याल नै चढ्ने गर्दछन् ।

चिनियाँ दूतावासको नाममा रहेको सो गाडी चोरीको आशंकामा ट्राफिकले पक्राउ गरेको र चिनियाँ दूतावासले आवश्यक कागजात ल्याउन नसकेपछि ट्राफिक प्रहरीले नक्कली नम्बर प्लेट बा ८ च ५४७५ को नम्बर प्लेट राखेर प्रयोग गर्दै आइरहेको छ । चोरी गाडीको प्रयोग स्वयम् डिआइजीले नै गर्ने गरेको उजुरी हेलो सरकार र अख्तियारमा समेत परेको भन्दै हामीलाई समेत जानकारी आएपछि यस सम्बन्धमा महाशाखाका प्रमुख डिआइजी अर्यालसँग ११ बजेर २७ मिनेटमा जानकारीका लागि सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

लामो समय ट्राफिक महाशाखाको चोरी शाखामा बसेर ज्यादै बदनाम भई उदयपुर लखेटिएका प्रहरी निरीक्षक दुर्गा श्रेष्ठ पुनः बग्गी खाना आई सोही चोरी शाखामा बसेका छन् । उनको अहिलेको प्रमुख काम भनेको चोरीका गाडीहरू पक्राउ परेपछि ग्यारेजहरूमा लगी राम्रा इञ्जिन, टायर र अन्य पार्टपूर्जाहरू निकाल्ने कार्य रहेको समेत महाशाखाबाट जानकारी प्राप्त भएको छ । जागिरको अवधि लामो समय ट्राफिकमा बसेर मात्रै होइन कि यसअघि पनि चोरी शाखामा नै बसेर ज्यादै बदनाम भएका श्रेष्ठ उदयपुर लखेटिएका थिए ।

उनलाई पुनः ल्याई फेरि चोरी शाखामा नै राखिएको छ । असई हुँदादेखि ट्राफिक प्रहरी नछोडेका धेरै बदनाम अधिकृतहरू अहिले निरीक्षकको तहमा बग्गीखानामा कार्यरत छन् । तिनको काम जो कार्यालय प्रमुख आउँछ, कुरा लगाउने, चाकडी गर्ने मात्रै हो । अनि राम्रा पोष्टिङहरूमा गई मालपानी कमाउने । हुन पनि बग्गीखानामा लामो समयदेखि पोष्ट इन्चार्जहरूको परिवर्तन भएको छैन ।

राम्रा ठाउँमा बस्नेहरूले रकम असुल्ने काम गरिरहेका छन् र नराम्रा ठाउँमा बस्नेहरू पिल्सिरहेका छन् । केही भ्रष्ट र बदनाम जसले दर्जाभन्दा दसौँ गुना बढी रकम कमाएको छ, जसलाई अकुत सम्पत्तिमा अख्तियारले छानविन गरे पनि कारवाहीमा पर्न सक्छ त्यस्ताहरूकै सल्लाहमा अहिले डिआइजी अर्याल चलेको आरोपसमेत महाशाखाका अधिकृतहरू बताउँछन् ।