खेलकुद

नेपालमा पहिलोपटक रग्वी सेभेन्स सिरिजको आयोजना हुँदै

काठमाण्डौ । नेपालमा पहिलोपटक अन्तरक्लब स्तरीय रग्वी सेभेन्स सिरिज हुने भएको छ । नेपाल रग्वी संघको आयोजनामा महिला तथा पुरुष दुवै सेभन्स साइड रग्वी च्याम्पियनसिप हुन लागेको हो । रग्वि संघले स्थानियस्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले क्लबस्तरिय प्रतियोगिता गर्न लागिएको जनाएको छ ।

संघका अध्यक्ष टंकलाल घिसिङले रग्वी खेललाई थप विकास गर्ने योजना स्वरुप सेभेन्स ए साइड रग्वि सिरिज गर्न लागिएको बताए । प्रतियोगिताका मंगलबार एकदिन हुनेछ । एक दिने नकआउट प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ आठ टिम र महिलामा ५ टिमको सहभागीता रहेको छ । पुरुषतर्फ गोर्खाली रग्वी क्लब कोटेश्वर,नेपाल आर्मीको ए टिम र बि टिम, बुढानिलकण्ठ रग्वी क्लब, आकास भैरव रग्वी क्लब धुलिखेल, चावाहिल रग्वी क्लब, निजगढ रग्वी क्लब बारा र एभरेष्ट रग्वी क्लब नयाँ बानेश्वर गरि कुल आठ टिमको सहभागीता रहनेछ ।

महिलातर्फ गोर्खाली रग्वी क्लब,काठमाडौं रग्वी क्लब,आकास भैरव रग्वी क्लब,काठमाडौं वुमेन्स रग्वि क्लब र बुढानिलकण्ठ रग्वि क्लब गरि पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका विजेताले ट्रफि तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा अनुमानित २ लाख लागत लाग्ने संघले जनाएको छ ।प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई थाइल्याल्याण्डको बैकंकमा हुने एसिया रग्वी सेभेन्स ट्रफिका लागि छनोट गरीने संघका महासचिव चेतन राज गिरीले बताए । महिला र पुरुषतर्फ समान १२ सदस्यीय खेलाडी छनोट गर्ने महासचिव गिरीले बताए ।

उक्त एसिया रग्वी सेभेन्स आगामी वर्षको फेब्रुअरी १९ देखि २१ सम्म हुनेछ । नेपालले यसअघि प्रि–ओलम्पिक क्लालिफायर र रग्वी एसिया विकास अन्र्तगत एसियन लेभल रग्वी सेभेन्स भारतको चेन्नाईमा खेलेको थियो ।