अन्तर्राष्ट्रिय

मंगल ग्रहबाट आयो नयाँ खबर, पृथ्वीमा रहेको मानव जातिलाई चूनौती !

एजेन्सी । पृथ्वीको सबभन्दा निकट रहेको र “रक्त ग्रह (रेड प्लानेट)” को नामबाट पनि परिचित मङ्गल ग्रहमा एक बिशाल र अनौठो बनावट देखिएको छ । इन्टरनेट सञ्जालको “मुन्डो डेस्कोनोसिडो” नाम शीर्षकको यु ट्युब प्रसारणमा हालै मात्र पोस्ट गरिएको मङ्गल ग्रहको पछिल्लो तस्बीरमा तीनवटा निकै अग्ला धरहरा (टावर) देखिएका छन् ।

झट्ट हेर्दा ती तीनवटै टावर बिशाल भौतिक संरचनाभन्दा कम छैनन् र एउटा टावरको उचाई चार हजार आठसय मिटर (४.८ किलोमिटर) भन्दा कम नरहेको अड्कल गरिएको छ ।

ती तीनवटै टावर ठ्याक्कै सीधा रेखा (स्ट्रेट लाइन) मा निर्माण गरिएको देखिनाले कुनै सिपालु कारिगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना हुन् जस्तो प्रतीत भएको छ ।

एकजना अज्ञात ब्यक्तिले मङ्गल ग्रहको केही पछिल्ला तस्बीरहरु पोस्ट गरेका हुन् । “थ्रि डि” भिजन र बिभिन्न कोणबाट खिचिएका तस्वीरहरु पोस्ट गर्ने ती ब्यक्तिको परिचय भने खुल्न सकेको छैन ।

यसअघि, मङ्गल ग्रहको तस्बीर खिँच्दै प्रसारण गर्ने संस्थाहरुः मार्स ग्लोबल सर्भेयर र मार्स ओडिस्सी मिसनले सम्प्रेषण गर्ने गरेका तस्वीरभन्दा अहिले पोस्ट गरिएका तस्वीरहरु उच्च गुणस्तरका र बढी प्रष्ट छन् ।

पृथ्वी बाहेकको अन्य ग्रहमा पनि अन् आइडेन्टिफाइड फ्लाइङ्ग अब्जेक्ट (युएफओ) को अस्तित्व छ भनी विश्वास राख्ने अनुसन्धानकर्ताहरु माझ भने उक्त तस्वीरले निकै खुल्दुली मच्चाएको छ ।

अन्य ग्रह (बिशेषतः मङ्गल ग्रह) मा पनि मानव भन्दा पनि उच्च बौद्धिक क्षमतावान् अपरिचित प्राणीको अस्तित्व छ भनी विश्वास राख्ने अर्काथरी अभियन्ताहरु (अलाइन इन्थुजियाजिस्ट्स) ले पनि यस तस्वीरलाई देखेर आफ्नो विश्वासलाई झन् प्रमाण सहितको पुष्टि मिलेको दावी गरेका छन् ।

तस्बीर पोस्ट गर्ने सो अज्ञात ब्यक्तिले भने “टावरको संरचना तथा सीधा रेखामा निर्मित वनावट हेर्दा यो एक संयोग मात्र नभएर मङ्गल ग्रहमा साँच्चिकै अत्याधुनिक प्रबिधि छ भन्न कर लाग्ने” भनी टिप्पणी समेत गरेका छन् ।

मङ्गल ग्रहमा उपलब्ध रहने हावा तथा पानीको बलले मात्र तीन तीनवटा त्यत्रा टावर बन्न असम्भव रहेको भनी अनुसन्धानकर्ता र अलाइन इन्थुजियाजिस्ट्सहरु भन्छन् ।

यता, अमेरिकी राष्ट्रिय अन्तरिक्ष अध्ययन संस्था – नासाका बैज्ञानिकहरु भने सो तस्वीर देखेर त्यत्ति प्रभावित छैनन् र उनीहरु यसलाई कुनै नौलो कुरो पत्ता लागेको मान्न तयार छैनन् पनि ।

टावरहरु तस्वीरमा अग्ला र ठूला देखिन गए तापनि नजिकै गएर प्रत्यक्ष हेर्ने हो भने तस्वीरमा देखिए जत्तिकै अग्ला र ठूला नहुने उनीहरुको भनाइ छ ।

टावर भन्नासाथ आँखाले नदेखेमा पनि हामी पृथ्वीवासीहरुले पहिला देखिरहेका अग्ला र ठूला टावरपट्टि झट्ट हाम्रो दिमाग र कल्पना कुदेर जान्छ । यस्तो परिकल्पनाको स्थिति आउनुलाई “प्यारेडोलिया” भन्छन् ।

मङ्गल ग्रहमा देखिएको भनिएको टावर पनि एक किसिमको “प्यारेडोलिया” नै हो – नासाका बैज्ञानिकहरुको टिप्पणी छ ।