आर्थिक

उद्योगमन्त्रीद्वारा सेवाग्राहीलाई दुःख नदिन कर्मचारीहरुलाई निर्देशन

सुर्यखबर सम्बाददाता,
काठमाण्डौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग विभागमा सेवा लिन आउने सेवाग्राहीलाई यथासम्भव चाडो सेवा पु¥याउन निर्देशन दिएका छन् ।

मन्त्री जोशीले नेपाली उद्योगको हकमा निवेदन दर्ता गरेको ३० घण्टा भित्र उद्योग दर्ताको प्रमाण पत्र दिई सक्ने गरी कारवाही अगाडी बढाउन र विदेशी लगानी कर्ताको हकमा ७ दिन भित्र उद्योग दर्ताको प्रमाण पत्र दिई सक्ने व्यवस्था मिलाउन उक्त निर्देशन दिएका छन् ।

हाल नयाँ उद्योग दर्ताको लागि विभागबाट १४ दिन सम्मको समय लाग्ने गरेको छ । मूलुकमा औद्योगिकरणका लागि लगानी कर्ताहरुलाई आकर्षित गर्न जरुरी रहेको भन्दै मन्त्री जोशीले उद्योग विभागबाट प्रदान गरिने सेवालाई छिटो छरितो पारदर्शी बनाउन निर्देशन दिए ।

उद्योग विभागबाट प्रदान गरिने सेवाहरुका लागि आवश्यक कागजपत्रहरुको विवरण विभागको वेभ साईटमा अध्यावधिक गर्न निर्देशन दिँदै मन्त्री जोशीले सेवाग्राहीहरुलाई सजिलो होस् भन्ने हेतुले सेवाग्राहीहरुको गुनासो सुन्न आपैm वा राज्यमन्त्री विभागमा उपस्थित हुने व्यवस्था समेत गर्न लागेको बताए ।

उद्योगहरुबाट हुने प्रदुषणलाई कम गर्न सबै उद्योगहरुलाई प्रदुषण कम गर्ने उपाय अवलम्वन गर्न पत्राचार गर्न मन्त्री जोशीले कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।