आर्थिक

एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा

सुर्यखबर सम्बाददाता,
काठमाडौं । देशको अग्रणी मोबाईल सेवाप्रदायककम्पनीएनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकको डेटा आवश्यकतालाई ध्यानमा राख्दै ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’नामकदुई आकर्षक सेवाल्याएको छ ।

साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलकाग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामापनि रु ५ प्रतिएम.बि. सम्मको न्युनशुल्कमा डेटाको मज्जालिन सक्छन् । ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमानिरन्तर डेटा सेवा सुनिश्चितगर्दछ ।

यी सेवाहरु यहि पुस १ गते शुक्रबार देखिलागु हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले रु १५०० मा २५० एम.बि. डेटा र रु ५००० मा १जि. बि. डेटा खरिद गर्न सक्नेछन् । त्यसैगरि रोमिङ ट्रान्जिट पास लिने ग्राहकले रु ५०० मा ट्रान्जिटमा रहेका बेलानिरन्तर डेटाको मज्जालिन सक्छन् । यी सेवाअन्तर्गतका सबै शुल्क कर सहितहुन् ।
साप्ताहिक रोमिङ् डेटा प्याकभारत, चिन, अमेरिका, बेलायत, हङकङ, सिङगापुर, अष्ट्रेलिया, मलेसिया, फ्रान्स, जर्मनी, कतार, टर्कि लगायत ५० भन्दा बढि देशमालागु हुनेछ । त्यसैगरी रोमिङ ट्रान्जिट पास अन्तर्गतको अफर भारत, चिन, बङ्गलादेश, हङकङ, मलेसिया, ओमान, कतार, सिङ्गापुर, थाइल्यान्ड र टर्कि लगायतका १० देशमा ट्रान्जिटमा रहेको समयमालागु हुनेछ ।

एनसेलकाप्रिपेड तथापोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सुचारु गर्न सक्छन् । रोमिङ सेवा सुचारु गर्न एनसेलकाप्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरि ९००२२८ मा एसएमएस गर्न सक्नेछन् भने पोष्टपेड ग्राहकले नजिकैको एनसेल सेन्टरमागई वाआफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सुचारु गर्न सक्छन् । साप्ताहिक रोमिङ् डेटा प्याक सेवा सुचारु गरेको दिन देखि सातदिनको लागि मान्य हुनेछ ।

रोमिङ् ट्रान्जिट पास अफर अन्तर्गत एनसेलका ग्राहकले ट्रान्जिटमा आठ घण्टासम्म निरन्तर डेटा कनेक्सनको मज्जालिन सक्नेछन् । यो सेवा सुचारु गर्न ग्राहकले पहिले एस्ट्रिक्स १२१२७ ह्यास डायल गरि रोमिङ सेवा सुचारु गरी पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सुचारु गर्न सक्नेछन् । आठ घण्टाको समयावधि पश्चात सम्बन्धित देशका लागि तोकिएको विद्यमान पे एज यु गो दर अनुसार डेटा शुल्कलाग्नेछ ।

‘‘ग्राहकले विदेश भ्रमणमा रहँदा महसुस गर्ने डेटाको आवश्यकतालाई ध्यानमा राखेर यी सेवाहरु ल्याइएको हो ।यी सेवाहरुले रोमिङ्मा रहने हाम्रा ग्राहकलाई आफ्ना परिवार, प्रियजनतथाव्यवसायसँग सम्पर्कमा रहन योगदान पु¥याई थप मुल्य प्रदान गर्ने विश्वास छ,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलनशर्माले भने ।
आफ्नो संचार आवश्यकता बमोजिम ग्राहकले जति पटक पनि साप्ताहिक रोमिङ् डेटा प्याकलिन सक्छन् । ग्राहकले एस्ट्रिक्स १०१ ह्यास डायल गरी आफ्नो प्याकमाकति डेटा बाँकी छ भनेर हेर्न सक्छन् । यो प्याकमा स्वतःनविकरण हुने व्यवस्था रहेको छैन ।