समाचार

अन्तिम मुस्ताङी राजाको निधन

काठमाण्डौं । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा बिहीबार राती काठमाण्डुको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । दुईवर्षदेखि उनी उच्च रक्तचापबाट पीडित थिए । उनका श्रीमती र एक छोरा रहेका छन् ।

उनको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उनका नातेदार राजु विष्टले जानकारी दिए ।