८ साउन, रौतहट। रौतहटको गुजरा नगरपालिकामा शुक्रबार एक महिलाको हत्या भएको छ ।
स्थानीय गुजरा नगरपालिका–५ हरिहरपुर बजार निवासी रेणु देवी कलवारको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आरोपमा उपेन्द्र साह रहेको स्थानीयले जनाएका छन् । कलवारको हत्या गरेको आरोप लागेका साहलाई स्थानीयले कुटपिट गरी घाइते बनाएका छन् ।
स्थानीय मोहन साहले दिएको जानकारी अनुसार उपेन्द्र साह कलवार वैदेशिक रोजगारीका लागि कतार बाट करिब दश दिनअघि मात्र नेपाल फर्किएका थिए ।
घटनापछि स्थानीयवासीले सोही स्थानकी नीर कुमारीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । प्रहरीले घटनास्थलको मुचुल्का उठाई थप अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाको कारण र अन्य विवरण खुल्न बाँकी रहेको प्रहरीले बताएको छ।





