आर्थिक

आइएमएस मोटरको नयाँ एक्स्क्लुजिभ शोरुमको भव्य उद्घाटन

षढानन्द आचार्य
काठमाडौं । मोबाइल सेग्मेन्टमा नेपालकै नं. १ कम्पनी आइएमएस ग्रुपले आइएमएस माटर्स् मार्फत कोरियाको प्रिमियमलक्जरी SUV उत्पादनगर्ने कम्पनी साङयङका उत्कृष्ट गाडीहरुको विक्री-वितरण प्रारम्भ गरेलगत्तै आईतबारबाट आइएमएस मोटर्स् एक्स्क्लुजिभशोरुम – साङयङको भव्य उद्घाटन गरेको छ ।

शोरुमको उद्घाटन भने नेपालकालागि रिपब्लिक अफ कोरियाका राजदूत तथा उक्त कार्यक्रमका प्रमुख अतिथि चो यंग–जिनज्यूले गरेका थिए भने आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रेसिडेन्ट तथा सिइओ दिकेश मल्होत्राले उनको साथ दिएका थिए । उक्त कार्यक्रममा मिडिया क्षेत्रका साथीहरु तथा चर्चित व्यवसायिक घरानाहरुकाहाइ–प्रोफाइल अतिथिहरुका साथै सेलिब्रिटीहरुको पनि भारी सहभागिता थियो । उक्त शोरुमको उद्घाटनको खुशीयाली सँगै आउँदो क्रिश्मस तथा नयाँवर्ष २०१७ को उमँग मनाउन कम्पनीले आफ्ना ग्राहकहरुकालागि आइएमएस मोटर्स् मार्पmत साङयङका गाडीहरुका खरिदमा रु. ५ लाखसम्मको नगद छुटको व्यवस्था समेत गरेको छ । उक्तअफर १८ डिसेम्बर २०१६ देखि ६ जनवरी २०१७ सम्म लागूहुने कम्पनीले जनाएको छ ।

आइएमएस मोटर्स्को शोरुम शहरको केन्द्रीय भाग नक्सालमा प्रशस्त पार्किङ्ग स्पेश सहित अवस्थित छ । सो स्टेट–अफ–आर्ट शोरुममा ग्राहकहरुलाई विशिष्ट सेवा पु¥याउन उन्नततालीम प्राप्त स्टाफ तथा अन्य सेवाहरुको उपस्थिति रहेको छ । यसैगरी, आइएमएस मोटर्स्ले नेपालका मुख्य शहरहरुमा आफ्ना डिलरहरुको उपस्थिति बढाएर झनै विस्तारित हुने योजना बनाएको छ । साथै, निकट भविष्यमा कम्पनीले एक्स्क्लुजिभ साङयङ सर्भिस सेन्टरको सुरुवातगर्ने समेत निश्चय गरेको छ ।

साङयङ मोटर कम्पनीचौथो सबैभन्दा ठूलो दक्षिण–एशियाली अटोमोबाइल उत्पादककम्पनी हो जसलाई कोरियाको एसयूभी एक्स्पर्ट भनेर पनि चिनिन्छ । कम्पनीले विभिन्न मोडलका लक्जरी कार, एसयूभी, पिक–अप ट्रक, भ्यान, ट्रक तथा बसहरु प्रस्तुतगर्दै आएको छ ।