राजनीति

गुल्मी बन्दको कार्यक्रम फिर्ता

गुल्मी । सीमांकनको विवादको विषयलाई लिएर १९ दिनदेखि बन्द रहेको गुल्मी सोमबारदेखि खुल्ने भएको छ । आन्दोलनको नेतृत्व गरिरहेको जिल्लास्थित संयुक्त संघर्ष समितिले जिल्ला बन्द लगायतका सबै आन्दोलनका कार्यक्रम सोमबार ११ बजेपछि फिर्ता हुने जनाएको हो ।

प्रदेश नम्बर ५ टुक्र्याउन नहुने माग राख्दै करिब ३ हप्तादेखि गुल्मी ठप्पै रहेको थियो । प्रदेश स्तरबाट सबै जिल्लाका लागि समान स्तरका कार्यक्रमहरु तय भएपछि बन्दको कार्यक्रम फिर्ता लिएको संघर्ष समितिले जनाएको छ । प्रदेशस्तरबाट आएका सबै कार्यक्रम अनुसारका आन्दोलन र प्रदर्शन भने जारी रहने समितिले जनाएको छ ।