आर्थिक

ग्यास बुलेट नाकामै अलपत्र

काठमाडौँ । विरगञ्ज भन्सार कार्यालयले पास नगर्दा २० दिनदेखि नेपाली ग्यास बुलेट नाकामै अलपत्र परेका छन् । निजी उद्योगी व्यवसायीले भारतबाट खरिद गरि ल्याएको नेपाली नम्बरका ग्यास बुलेट भन्सारले पास नगर्दा नाकामै थन्किएका हुन् ।

ग्यास बुलेट छुटाउनका लागि सम्बन्धित निकायबीच पत्राचार गर्दा पनि अहिले सम्म त्यस्को कुनै सुनुवाई हुन नसकेको व्यवसायीको गुनासो छ । नेपाल एलपी ग्यास उद्योग संघले सोमबार पत्रकार सम्मेलन गरेर तत्काल बुलेट पास गरिदिन सरकारलाई अनुरोध गरेको भन्दै मंगलबारको कारोबार दैनिकमा समाचार प्रकाशित छ ।