पु.समाचार

यसकारण एक महिनाभित्रै भारत जाने भए पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराज ज्ञानेन्द्र शाह अर्को महिना भारत भ्रमणमा जाने भएका छन् । उडीसाको पुरीस्थित गोवद्र्धन पीठमा आउँदो माघ ५ देखि ७ गतेसम्म हुने विमला भवानीको मूर्ति प्रतिस्थापन विशेष सहारोहमा उनी त्यसतर्फ जान लागेका हुन् । सोही स्थानमा शंकराचार्य जगद्गुरु स्वामी निश्चलानन्द सरस्वतीको आश्रम पनि रहेको छ ।

उनले पहिलो दिनको कार्यक्रममा सहभागिता जनाउने इच्छा प्रकट गर्नुभएको जनाइएको छ । पूर्वराजा नै भएपनि कुनै बेला विश्वको एक मात्र हिन्दु सम्राट भएको हिसाबले उनलाई त्यहाँ निम्त्याइएको हुन सक्ने स्रोतहरुले बताएका छन् ।

उडिसा जाँदा भारतका अन्य क्षेत्रमा पनि उहाँले भ्रमण गर्नसक्नुहुने र कूटनीतिक तथा राजनीतिक भेटघाट पनि हुन सक्ने स्रोतहरुले बताएका छन् ।