पु.समाचार

यसकारण लुसुक्क दिल्ली गए कुलमान घिसिङ

काठमाडौं । थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ । केहि समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दुर गर्न र आगामी दिन पुरै देश उज्यालो राख्न उर्जा मन्त्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् ।

यही क्रममा भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको छ ।त्यसका लागि उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली विद्युत माग्न दिल्ली पुगेको छ । भारतबाट थप ८० मेगावाट विद्युत ल्याउन सकिए लोडसेडिङ सामना गर्नु नपर्ने भन्दै उनीहरु त्यसका लागि मंगलबार नयाँ दिल्ली उडेका हुन् ।

थप विद्युत ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक समहति भएकाले अन्तिम टुंगो लगाउन उर्जा टोली भारत गएको हो । टोलीले भारतबाट थप विद्युत ल्याउने ट्रान्समिसन लाइन र अन्य पूर्वाधारबारे निर्णग गर्ने प्राधिकरणका अधिकारी बताउँछन् भन्दै बिहीबारको नागरिकमा समाचार प्रकाशित छ  ।