पु.समाचार

दिल्ली पुगेर कुलमान घिसिङले दिए ३ करोड नेपालीलाई खुसीको खबर !

काठमाडौं । केही दिनअघि नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको नेतृत्वमा दिल्ली पुगेको नेपाली प्रतिनिधि मण्डलले नयाँ विद्युत खरिदमा नयाँ सम्झौता गर्न सफल भएको छ । उक्त सम्झौतापछि अब नेपालमा हिउँदमा पनि लोडसेडिङ नहुने निश्चित भएको छ । अब अर्को सातादेखि भारतबाट ४० र त्यसपछि अर्को ४० मेगावाट गरी थप ८० मेगावाट विजुली आउने निश्चित भएपछि यसपालि हिउँदमा लोडसेडिङ नहुने सम्भावना देखिएको हो ।

पुस महिनाभर लोडसेडिङ गर्नु नपर्नेमा बिद्युत् प्राधिकरण ढुक्क छ भने त्यसपछिका दिनमा सकेसम्म लोडसेडिङ नहुने गरी व्यवस्थापन गर्न लागेको जनाइएको छ । त्यसका लागि केही दिनअघि प्राधिकरणको टोली दिल्लीतर्फ लागेको थियो ।

भारतले पुस १७ देखि नेपाललाई ढल्केबर – मुजफ्फुर अन्तरदेशीय सिमापार प्रशारण लाईन थप ४० मेगावाट बिजुली दिने सम्झौता गरेपछि हिउँद यामको बिद्युत् आपूर्ति व्यवस्थापनमा सहज हुने प्राधिकरणले बताएको छ । हाल उक्त प्रशारण लाइनबाट ८० मेगावाट बिजुली आयात भइरहेको छ ।

नयादिल्लीमा भारतीय कम्पनी एनभीभीएन (एनटीपीसी बिद्युत् व्यपार निगम)  र बिद्युत् प्राधिकरणका पदाधिकारीबीच बिहीबार बिद्युत खरिद सम्झौता भएपछि नेपालले ४० मेगावाट थप बिजुली पाउने निश्चित भएको छ ।