समाचार

मापसे गरी ट्रक कुदाउनेलाई गोली चलाएर नियन्त्रणमा लिइयो

वीरगञ्ज–बिहीबार राति एक जना भारतीय चालकले अत्याधिक मदिरा सेवन गरेर वीरञ्जमा मालबाहक गाडी कुदाए। उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले चार राउण्ड गोली चलाउन पर्योा।  भारतको बिहार प्रान्तमा मदिरा किनबेच र सेवनमा प्रतिबन्ध लागेपछि नेपाल भित्रने मालबाहक गाडीका अधिकांश सवारीचालकले मदिरा सेवन गर्ने गर्छन्।

वीरगन्ज १६ पावरहाउस चोकमा जाँचमा खटिएका प्रहरीले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको ट्रकलाई रोक्न इसारा गरे। ट्रक गति बढाउँदै उत्तर गण्डकतिर कुद्यो शनिबारको नागरिकले लेखेको छ,चोकचोकका प्रहरीले रोक्न आग्ह गर्दा पनि ट्रक रोकिएन। र, प्रहरी गोली चलाउँन बाध्य भयो। सवारी चालक करू यादव, सहचालक धनन्जयकुमार माथुरी र जेएच २ जेड ८६५१ नम्बरको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।