विशेष

यस्तो छ लोकमानको अबको खतरनाक गोप्य योजना, यी हुन् उनले निशानामा पारेका व्यक्तिहरु !

काठमाण्डौ । जब लोकमानसिंह कार्कीलाई अख्तियारमा ल्याउने कुरा चल्यो त्यसबेला केही दल र तिनका नेताहरुले उनको चर्को विरोध गरे । केही वर्षअघि माओवादी केन्द्रका अध्यक्ष एवम् अहिलेका प्रधानमन्त्री प्रचण्डकै जोडबलमा कार्की अख्तियार प्रमुख भएका थिए । राजनीतिक पृष्ठभूमिदेखि सबै खालका क्रियाकलापहरु विवादमा परेकोले ०६२ /०६३ को जनआन्दोलनपछि कार्की बाहिर देखिएका थिएनन् । उनी त्यसयता करिब दशवर्ष गुमनामजस्तै भए । त्यसबेला उनी कहिले भारत, कहिले युरोप त कहिले आफुलाई मन परेका देशहरु घुमेर दिनहरु बिताए । ती दिन कार्कीले सबैभन्दा बढी भारतमै बिताएका थिए ।

पछिल्ला वर्ष अख्तियार प्रमुखको हैसियतमा सरकारले नियुक्ति दिएपछि उनको दम्भ र घमण्ड फेरि बढ्यो । नेपालमा दरबारले शासन गरिरहँदा राजघरानासँग राम्रो हिमचिम भएका कार्कीको राजनीतिक पृष्ठभूमि भने अहिले पनि कांग्रेसनै हो । तर उनका अनावश्यक क्रियाकलाप र राजनीतिक दलका नेताहरुलाई चिढ्याउने प्रवृतिले गर्दा उनी विरुद्ध सिंगो मुलुकनै खनियो, जसको परिणाम अहिले उनी भोग्दै पनि छन् । लोकमानसिंह कार्की जब अख्तियार प्रमुख भएर आए, तब उनले आक्रमक शैलीमा राजनीतिक दलका नेतादेखि सबैलाई निशाना बनाउन थाले । कार्वाहीको लिस्टनै तयार पारे । उनले सुरु गरेको यो कदम कांग्रेस, एमाले र माओवादी लगायतका दलहरुले रुचाएनन् । त्यससपछि विस्तारै कार्की र राजनीतिक दलका नेताहरुबीचको सम्बन्धमा थप तिक्तता बढ्दै गयो । कार्कीविरुद्ध महाअभियोग प्रस्तावनै दर्ता गरियो । उनी अख्तियार प्रमुखबाट निलम्बित समेत भए । अहिले कार्की विरुद्धको महाअभियोग प्रस्ताव संसदमा पास हुने तरखरमा छ भने उनका केस सर्वोच्च अदालतको दायराभित्र तानिएका छन् ।

यस्तो देखिन्छ लोकमानसिंह कार्कीको खतरनाक तयारी
वास्तवमा नेपालका राजनीतिक दलका शीर्ष नेताहरुले लोकमानसिंह कार्कीलाई भारतसँग नजिक भएका व्यक्तिका रुपमा हेर्ने गर्छन् । कांग्रेसको आवरणमा रहेपनि यसअघि दरबारसँग नजिक रहेका भनिएका कार्कीले चाल्ने हरेक कदमलाई कांग्रेस, एमाले र माओवादीका नेताहरुले अर्थपूर्ण र शंकाका दृष्टिले हेर्ने गरेका छन् । पछिल्ला दिन तीन ठूला दलका नेताहरुलाईनै अख्तियारले तारो बनाउन लागेकोले कार्कीविरुद्ध जनमत बलियो बन्दै गएको देखिन्छ । कांग्रेस सभापति शेरबहादुर देउवाले समेत कार्की विरुद्ध महाअभियोग लगाउने बेलामा उनलाई जोगाउन नसकिएको कुरा स्वीकारिसकेका छन् । एमाले र माओवादीले त उनलाई पत्याउनै छाडेका छन् । राजनीतिक दलका नेताहरु र सरकारले उनलाई महाअभियोग लगाएरै तत्काल किन हटाउन खोजे त ? यो सबालमा कार्कीनै दोषी देखिएको रिपोर्टहरु बाहिर आएका छन् ।

कार्कीविरुद्ध एक्कासि जनमत बलियो हुनाको कारण भने उनले एमाले, माओवादी र कांग्रेसका नेताहरुको नामै तोकेर लिस्ट तयार पारेकोले हुनसक्ने जानकारहरु बताउँछन् । त्यसैले पनि उनलाई जसरी पनि महाअभियोग लगाए हटाउने तयारीमा शीर्ष नेताहरु र सरकार पुगेको बुझिन्छ । कार्कीले प्रधानमन्त्री दाहालदेखि एमाले अध्यक्ष केपी लगायत धेरै नेताहरुलाई अभियोग लगाएर जेल पठाउने तयारी गरेको र नेपाललाई असफल राष्ट्र बनाउने भारतको योजनामा उनले साथ दिएको धेरैले आशंका गरेका छन् ।

श्रोतका अनुसार उनले आफु निलम्बित हुनुअघि अख्तियारमा बसेर तयार पारेको लिस्ट अनुसारनै अहिले बदला लिनसक्ने अनुमान गरिदैछ । उनले तयार पारेको नाम लिस्ट अख्तियारको कुनचाहि प्रक्रियामा पुगेको छ भन्ने कुरा पनि बाहिर आएको छैन । त्यसैले कार्कीको योजनामा अख्तियारकै विश्वासिला कर्मचारीलाई प्रयोग गरेर कार्वाहीको सुचीमा राखेका व्यक्तिहरुलाई उनले फसाउन सक्ने आशंका समेत गरिन थालेको छ ।

अख्तियारमा रहँदा यस्तो थियो लोकमानले तयार पारेको राजनीतिक दलका नेताहरु र अन्य क्षेत्रका व्यक्तित्वहरुलाई फसाउने खतरनाक तयारी-

यी हुन् लोकमानले पहिलो चरणमा कारवाहीको सूचीमा राखेका नेताहरु
केपी शर्मा ओली (अध्यक्ष) एमाले, वामदेव गौतम, (उपाध्यक्ष) एमाले पूर्व उपप्रधान तथा गृहमन्त्री,  सुवास नेम्वाङ (पूर्व सभामुख)  नेता  एमाले, सुरेन्द्र पाण्डे (पूर्व अर्थमन्त्री एवं नेता) नेता एमाले, राजेन्द्र पाण्डे (पूर्व स्थानीय विकास मन्त्री एवं नेता) नेता एमाले, अग्नि खरेल (पूर्व कानुन मन्त्री एवं नेता) एमाले, राज्यलक्ष्मी गोल्छा (सांसद ) एमाले, पुष्पकमल दाहाल – प्रधानमन्त्री एवं अध्यक्ष माओवादी केन्द्र, जनार्दन शर्मा -उर्जा मन्त्री (नेता  माओवादी केन्द्र), नन्दबहादुर पुन: (उपराष्ट्रपति), शक्ति बस्नेत – पूर्व गृहमन्त्री एवं नेता माओवादी केन्द्र, कृष्ण सिटौला- पूर्व गृहमन्त्री एवं नेता नेपाली कांग्रेस, उमेश श्रेष्ठ( सांसद) नेता नेपाली कांग्रेस, टेकबहादुर गुरुङ (सांसद एवं पूर्व श्रम राज्यमन्त्री) नेता नेपाली कांग्रेस, बहादुरसिंह लामा ( सांसद एवं नेता नेपाली कांग्रेस)  आङछिरिङ शेर्पा (अध्यक्ष यति एयरलाईन्स), दीपक भट्ट- ठेकेदार एवं व्यवसायी, सचिनलाल श्रेष्ठ आचार्य( सेयरहोल्डर) एनसेल, सतिशलाल श्रेष्ठ आचार्य (सेयर होल्डर) एनसेल

अख्तियारले बैंक लकर बन्द गरेका व्यक्तिहरू
विद्याधर मल्लिक- पूर्वमन्त्री, रामकुमार श्रेष्ठ- पूर्वमन्त्री, छविराज पन्त-पूर्वमन्त्री, शंकर कोइराला-पूर्वमन्त्री, उमाकान्त झा-पूर्वमन्त्री, टेकबहादुर थापा घर्ती,-पूर्वमन्त्री, कृष्णबहादुर महरा-पूर्वमन्त्री, भोजराज घिमिरे-पूर्वमुख्यसचिव एवं पूर्वराजदूत, ल्हारक्याल लामा-पूर्वमन्त्री, रवीन्द्रप्रताप शाह-पूर्व आईजीपी, वंशीधर मिश्र- पूर्वमन्त्री, सुरेन्द्र पाण्डे-पूर्वमन्त्री, राजेन्द्र पाण्डे-पूर्वमन्त्री, इच्छाराज तामाङ- सांसद एवं व्यवसायी, जनार्दन ढकाल-सांसद, उमेश श्रेष्ठ- सांसद एवं निजी स्कूलका मालिक, राजकुमार अग्रवाल-व्यवसायी, विक्रम पाण्डे-सांसद एवं निर्माण व्यवसायी, गिता राणा-सांसद एवं निजी स्कूलका मालिक, बाबुराम पोखरेल-सांसद एवं निजी स्कूलका मालिक, कनकमणि दिक्षित- साझा यातायातका अध्यक्ष एवं हिमाल मिडियाका प्रकाशक, निलम केसी खडका-पूर्वमन्त्री, विजयलाल कायस्थ-डीआईजी, राजेन्द्रसिंह भण्डारी-एआईजी, उत्तमकुमार भट्टराई-सचिव कृषि मन्त्रालय, शान्तबहादुर श्रेष्ठ- सचिव स्वास्थ्य मन्त्रालय
अनुपकुमार उपाध्याय-सचिव सिंचाइ मन्त्रालय, गोपालबहादुर खडका-कार्यकारी निर्देशक, आयल निगम, विजय पौडेल-एमालेका पूर्व सांसद रहेका छन् ।