आर्थिक

भूकम्पपीडितले लिए २१ करोड कर्जा

money

काठमाडौं । भूकम्पपीडितहरुले घर निर्माणका लागि सहुलियतपूर्ण ब्याजदरमा २१ करोड रुपैयाँ कर्जा सुविधा लिएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार हालसम्म २० करोड, ९७ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ । राष्ट्र बैंकले भूकम्पको एकसातापछि ल्याएको यो योजनाअन्तर्गत गत कार्तिक महिनासम्ममा ७० पीडितले ऋण सुविधा लिएका हुन् ।

योजना सार्वजनिक भएको एक बर्षसम्म भूकम्पपीडितहरु घर निर्माणका लागि सहुलियतपूर्ण कर्जामा आकर्षित नदेखिएपनि अहिले भने कर्जा प्रवाह हुन थालेको छ ।
राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने भूकम्पपीडितका लागि २५ करोड रुपैयाँ कर्जा प्रवाह भएको बताउँछन् । ‘एक सयजना पीडितले घर निर्माणका लागि ऋण लगिसकेका छन्’ उनी भन्छन् ‘मंसिर महिनादेखि ऋण प्रवाह अझै बढेको छ ।’