पु.समाचार

यात्रुबस दुर्घटनामा १ को मृत्यु, ३ जना गम्भिर घाईते

सुर्यखबर सम्बाददाता,

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा सोमबार राति भएको सावारी दुर्घटनामा एकजनाको मत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् । मृत्यु हुने सिराहाका धर्मराज मण्डल भएको बताईएको छ ।

भारतको बिहार सितागढीका मनोजकुमार कुशहवा सर्लाहीका रामविश्वास पण्डित र नागेन्द्रराज यादव गम्भर घाईते भएके प्रहरीले जनाएके छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाका अनुसार दुर्घटनाग्रस्त क्षेत्र चण्डीभञ्ज्याङमा अनमोल डिलक्सको ना.४ ख ५४४२ नम्मरको यात्रुबस एक सयमिटर तल झरेर दुर्घटना भएको बताएका छन् । घाईतेहरुको उपचार भरतपूर अस्पतालमा भईरहेको पनि प्रहरीले बताएको छ ।

दुर्घटना भएको जानकारी पाएलगत्ते प्रहरी उक्त स्थल पुगेकाले समयमा नै उद्दार भएके स्थानीय प्रत्यक्षदर्शीले बताए ।